उर्लाबारी आगलागीमा मृत्यु हुनेको संख्या ५ पुग्यो

उर्लाबारी आगलागीमा मृत्यु हुनेको संख्या ५ पुग्यो
सांकेतिक तस्बिर।
सुन्नुहोस्

विराटनगर : मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीमा भएको आगलागीमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

कात्तिक २६ गते लक्ष्मी पूजाको राति आगलागी हुँदा घाइते भएका ४३ वर्षीय रामनरेश मरिताको उपचारका क्रममा सोमबार राति मृत्यु भएको छ । धनुषाको जनकनन्दिनी गाउँपालिका घर भइ उर्लाबारी–७ मा बस्दै आएका मरिताको राति ११:३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार आगो नियन्त्रणमा लिने क्रममा गम्भीर घाइते भएका उनको कीर्तिपुर वर्न अस्पतालमा उपचार भइरहेको थियो । घटनामा परेर घाइते भएकामध्ये उर्लाबारी–७ का ६८ वर्षीय रुकुमबहादुर कार्की, ४९ वर्षीय हेमकुमार दाहाल, ४२ वर्षीय कुमार तामाङ र ४३ वर्षीय तपन पण्डितको यसअघि नै मृत्यु भइसकेको छ । 

दीपक कार्कीले घरमै सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलबाट लक्ष्मी पूजाको राति १०:३० बजेतिर लागेको आगो निभाउन गएका ४ प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भएका थिए । गम्भीर घाइतेको कीर्तिपुर वर्न अस्पतालको आईसीयूमा उपचार भइरहेको डीएसपी दाहालले बताए । उनका अनुसार आगलागीबाट ३ करोड ४१ लाखको क्षति भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.