भक्तपुरमा सकी मन पुन्ही पर्वको रौनक (फोटो फिचर)
भक्तपुर : सकी मन पुन्ही काठमाडौं, भक्तपुर र ललितपुर उपत्यकालगायत नेवार समुदायमा मनाइने सानो र महत्त्वपूर्ण चाड हो। नेवार समुदायको परम्परागत जीवनशैलीमा यसको आफ्नै महत्व छ।
सामान्यतया, सकी भनेको अरम पालकको जरा र पुन्ही भनेको पूर्णिमाको दिन हो। सकी मन पुन्ही शब्द नेवा संस्कृतिबाट आएको शब्द हो। तर, स्थानीयले यसलाई सकिमा पुन्ही र सकिमिला पुन्ही पनि भन्न रुचाउँछन्।
नेपाली क्यालेन्डर अनुसार हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको दिन सकी मन पुन्ही मनाइन्छ। त्यसैले नेपाल संवत्को पहिलो महिनामा मनाउने भावले यसलाई कार्तिक पूर्णिमा र कचलथवा पुन्ही पनि भनिन्छ भने , कहिलेकाहीँ यो कार्तिक महिना भन्दा पहिले वा ढिलो पनि पर्न सक्छ। यस दिन टोल-टोलमा मन्दिर परिसर अगाडि भुटेको अन्नले देवताको मूर्ति वा मन्दिर आकार बनाएर धार्मिक भजन गाएर मनाउने गर्छन्। यस दिन नेवार समुदायका मानिसहरूले फसल काट्ने मौसमको सफल समापन भएको रूपमा देवी-देवतालाई धन्यवाद दिन्छन् भन् सोही विषयको लागि यो पर्व मनाउने गर्छन्।