एक हप्तामा सुकुम्बासी समस्या समाधान हुन्छ : प्रधानमन्त्री दाहाल

एक हप्तामा सुकुम्बासी समस्या समाधान हुन्छ : प्रधानमन्त्री दाहाल
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनभित्रै सुकुम्बासी समस्या समाधान गर्नेगरी सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्। सुकुम्बासी तथा जग्गाविहीनलाई सहजरूपमा जग्गा उपलब्ध गराउने विषयमा आवश्यक निर्णय गरिने प्रधानमन्त्रीले बताए।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोल्दै उनले एक हप्ताभित्र सुकुम्बासी समस्या हल हुने दाबी गरे। उनले सुकुम्बासी समस्या समाधानका लागि मन्त्रिपरिषद्ले ऐन संशोधन गर्ने निर्णय गरेको जानकारी दिए।

'सुकुम्बासी, अव्यवस्थित बसोबासको समस्या हल गर्न ऐन नै संशोधन गरिन्छ। वन ऐन, २०२९ ले विकास नै रोकिने अवस्था छ। मान्छे मरे पनि रुख काट्न नपाइने अवस्था छ,' उनले भने। एउटा विद्यालयमा घटेको घटना सुनाउँदै प्रधानमन्त्रीले भने, 'एउटा विद्यालयमा रुख ढलेर एक विद्यार्थीको मृत्यु भएछ। त्यो रुख वनमा परेकाले काट्न पाएका रहेनछन्। कस्ता खालका कानुन रहेछ। विकास, जनतनाभन्दा पनि अन्य कुनै कुरालाई महत्त्व दिने छन्, त्यसलाई संशोधन गर्ने भनेर हिजो निर्णय गरेका छौं।'

सो ऐनको संशोधनपछि विकास निर्माण र लालपूर्जा वितरण गर्ने काम अगाडि बढ्ने प्रधानमन्त्रीको भनाइ छ। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले सूचना प्रविधिको सही प्रयोग गरेर मात्रै पार्टीलाई जनताका माझ थप लोकप्रिय बनाउन सकिने बताए। उनले गत केन्द्रीय समितिको बैठकले पार्टीको आइसीटी फोरम गठन गर्ने निर्णय गरेको र सोहीअनुसार काम अगाडि बढेको उल्लेख गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.