रोजगारीको प्रलोभन देखाई स्पा सेन्टरमा वेश्यावृतिमा लगाउने पक्राउ
![रोजगारीको प्रलोभन देखाई स्पा सेन्टरमा वेश्यावृतिमा लगाउने पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_ZvIhagkT15_I2Rw11MVCW.jpg)
काठमाडौं : रोजगारीको प्रलोभन देखाई स्पा सेन्टरमा वेश्यावृत्तिमा लगाएको आरोपमा एक जना पक्राउ परेका छन्। संखुवासभाको चिचिला गाउँपालिका-१ का ४३ वर्षीय दिनेश पौडेल रहेका छन्।
काठमाडौं महानगरपालिका-९ रातोपुलस्थित दिनेश पौडेल समेतले सञ्चालन गरेको नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टरमा काम गर्ने युवतीहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाई यौन शोषण गर्ने गरेको सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको टोलीले ३ जनाको उद्धार गरेको थियो।
पक्राउ परेका पौडेललाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आवस्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)