गणतन्त्रविरुद्ध प्रहार गर्नेहरूलाई प्रधानमन्त्रीले भने- पछाडि फर्केको इतिहास छैन

गणतन्त्रविरुद्ध प्रहार गर्नेहरूलाई प्रधानमन्त्रीले भने- पछाडि फर्केको इतिहास छैन
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले केही तत्वहरूले लोकतन्त्र र गणतन्त्रविरुद्ध प्रहार गर्ने कोसिस गरिरहेको बताएका छन्। सामाजिक सुरक्षा कोष दिवसको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले इतिहास कहिल्यै पछाडि नफर्केको स्पष्ट पारे।

'कतिपय व्यक्तिहरूले लोकतन्त्र र गणतन्त्रविरुद्ध प्रहार गरिरहेका छन्। जनताले ल्याएको व्यवस्थाविरुद्ध प्रहार गर्ने प्रयास भइरहेको छ। तर इतिहास सधैं अग्रगमनितरै जान्छ। पछाडि फर्केको इतिहास छैन,' उनले भने।

उनले लद्युवित्त, सहकारी, बैंकलगायत क्षेत्रका समस्या समाधान गर्न निर्देशन दिएको बताए। सुकुम्बासी र अव्यवस्थित बसोबासबारे पनि महत्वपूर्ण नीति बनेको उनको भनाइ छ। 'सुकुम्बासी र अव्यवस्थित बसोबासबारे महत्वपूर्ण नीति बनाएका छौं। आगामी दिनमा पक्कै पनि सुकुम्बासी समस्या समाधान हुने विश्वास लिएका छौं,' उनले भने।

उनले विकसित देशहरूका कारण नेपालमा जलवायु परिवर्तका असर देखिएको बताए। 'अहिलेको जलवायु परिवर्तन हामीले ल्याएको समस्या होइन। विकसित देशहरूको कार्बन उत्सजर्नबाट यो समस्या आएको हो। दुबईमा हुने सम्मेलनमा मैले हाम्रो मुद्दामा खुलेर बोल्नेछौं। हामी भिख माग्न जाने होइन। हाम्रो अधिकार सुनिश्चितको आवाज उठाउने हो,' उनले भने। उनले सामाजिक सुरक्षा विद्यमान समस्या समाधान गर्ने बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.