‘सरकारको हस्तक्षेपले उड्डयन व्यवसाय संकटमा’

इजलास

‘सरकारको हस्तक्षेपले उड्डयन व्यवसाय संकटमा’

विमान सेवाहरू आउने र बन्द हुने क्रम विश्वमै छ। तर, हाम्रोमा विमानसेवा कम्पनीहरू बन्द हुने कारण यी हुन्।  

१. निरन्तर घाटामा जानु
हवाई माध्यम भनेको सबैभन्दा सुरक्षित यातायात हो। तर, यसमा धेरै सेक्टरको संलग्नता रहन्छ। यसमा यात्रु संख्या, सप्लायर्स, सञ्चालक र लगानीको पाटो हुन्छन्। निरन्तर घाटामा गए पनि विमानसेवा कम्पनीहरू सञ्चालनमा भइरहन्छन्।

तर, उठ्नै नसक्ने अवस्थामा पुगेपछि बन्द हुन्छन्। राष्ट्रिय ध्वाजबाहक नेपाल एयरलाइन्स भने जस्तोसुकै अवस्थामा पनि सञ्चालनमा छ। किनभने राज्यको सहयोग छ। तर, निजी कम्पनीलाई सरकारका सहयोग हुँदैन।

२. आकस्मिक तथा प्राकृतिक घटनाहरू
आकस्मिक तथा प्राकृतिक घटनाका कारणले पनि जहाजको वित्तीय अवस्था कमजोर हुन्छ र बन्द हुन पुग्छन्। यस्तै, राजनीतिक अस्थिरता, आतंककारी गतिविधिलगायतले पनि यो व्यवसायलाई प्रत्यक्ष असर गर्छ। कोभिडको समयमा झन्डै २ वर्ष हवाई सेवा ठप्प भयो। उड्डयन क्षेत्र धराशयी नै भयो। विश्वव्यापी आर्थिक मन्दीले पनि वायुसेवालाई असर गर्छ। बाहिरी घटनाले पनि यो व्यवसायलाई असर पार्छ। 

३. नियामक निकायको असमक्षता
उड्डयन क्षेत्रको नियमन गर्ने भनेको नागरिक उड्डयन प्राधिकरणले हो। प्राधिकरण आफैंमा सक्षम छैन भने उसले राम्रो नियमन गर्न सक्दैन। व्यवसाय पनि राम्रो सञ्चालन हुन सक्दैन। हाम्रो उड्डयन क्षेत्रका नीति, नियम र कानुनी व्यवस्था व्यवसायमैत्री छैनन्। उदार हवाई नीति आएको ३ दशक बितिसक्दा पनि अझै यो व्यवसाय स्वतन्त्र हुन सकेको छैन।

४. सरकार वा नियमनकारी निकायको हस्तक्षेप

यस क्षेत्रमा सरकारले हस्तक्षेप गर्दै आएको छ। हवाई मूल्य निर्धारण, क्षेत्र निर्धारणलगायतका क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हस्तक्षेप भइरहेको छ।

यस्तै, विमानस्थल दस्तुरमा हुने वृद्धिले पनि प्रत्यक्ष रूपमा वायुसेवा कम्पनीको व्यवसायमा असर गर्छ। तर, त्यही दस्तुरबाट उठेको रकमबाट प्राधिकरणले आफ्ना कर्मचारीहरूलाई बोनस बाँड्छ। 

५. संस्थागत सुशासन सुनिश्चित नहुनु
सरकारले संस्थागत सुशासन कायम गर्न सकेको छैन। लिजमा जहाज ल्याउने व्यवस्था छैन। लिजमा जहाज ल्याउन पाए वायुसेवा कम्पनीहरूलाई ठूलो राहत हुन्छ। अहिले जहाज किन्न महँगो ब्याजमा ऋण लिनुपर्ने अवस्था छ। अहिलेसम्म केपटाउनको अधिवेशन पनि संसद्ले पारित गरेको छैन। यस कारण लिज ल्याउने अवस्था छैन।

हाम्रा बैंकहरूबाट ऋण लिँदा उनीहरूको ऋण दिनसक्ने क्षमता सीमित छ। ब्याजदरको अनिश्चितताले पनि ठूलो बोझ बोकाउँछ। त्यसकारण नाफाको मार्जिन एकदम नै कम हुन्छ। यसले पनि व्यवसायमा असर गरिरहेको छ।

(गौतम, नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुन्।) 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.