काठमाडौं महानगरले पहिलो चौमासिकमा संकलन गर्‍यो २ अर्ब ९३ लाख राजस्व

काठमाडौं महानगरले पहिलो चौमासिकमा संकलन गर्‍यो २ अर्ब ९३ लाख राजस्व
सुन्नुहोस्

काठमाडौं : काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यको २७.११ प्रतिशत राजस्व संकलन गरेको छ। १० अर्ब ८० करोड ७८ लाख २० हजार वार्षिक लक्ष्यमा  कार्तिकसम्ममा २ अर्ब ९२ लाख ९६ हजार ९ हजार ७२९ रुपैयाँ राजस्व संकलन भएको राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिए।

गएको वर्ष यस अवधिमा २६.४९ प्रतिशत राजस्व उठेको थियो। त्यो वर्ष १० अर्व ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ लक्ष्य राखेकोमा २ अर्ब ७५ करोड ९८ लाख ६४ हजार ५६५ रुपैयाँ संकलन भएको थियो।  

महानगरले प्रशासनिक सेवा शुल्कमा लक्ष्यको सबैभन्दा धेरै १४७ प्रतिशत रकम संकलन भएको छ। १ अर्ब ५० करोड लक्ष्य राखिएको सम्पत्ति करमा ४१ करोड ८६ लाख ९३ हजार ५५४ रुपैयाँ (२७.९१%) राजस्व संकलन भएको छ। गएको वर्ष यस शीर्षकमा १ अर्ब लक्ष्य राखिएको थियो।

पहिलो चौमासिकमा ५२ करोड ४७ लाख ८० हजार ८४ रुपैयाँ (५२.४८%) प्रतिशत राजस्व उठेको थियो। यस वर्ष २ अर्ब ६६ करोड लक्ष्य राखिएको घर बहाल करमा ८१ करोड ९२ लाख ५१ हजार ८३७ रुपैयाँ (३०.८०%) राजस्व संकलन भएको छ। 

राजस्व विभागका प्रमुख काफ्लेका अनुसार यस वर्ष १ अर्व २० करोड लक्ष्य राखिएको घरजग्गा रजिष्ट्रेसन दस्तुरमा १० करोड ९२ लाख ५५ हजार ९९१ रुपैयाँ (९.१०%) राजस्व संकलन भएको छ। यस वर्ष ससर्त अनुदान चालुतर्फ १ अर्ब ४२ करोड ६७ लाख ४६ हजार रुपैयाँ र ससर्त अनुदान पुँजीगततर्फ २९ करोड ५० लाख रुपैयाँ लक्ष्य राखिएको छ। यी शीर्षकमा क्रमशः ३५ करोड ६६ लाख ११ हजार ५ सय रुपैयाँ (२४.९९%) र ७३ लाख ७५ हजार रुपैयाँ (२५.००%) प्राप्त भएको छ।

गएको वर्ष यी शीर्षकमध्ये चालुतर्फ १ अर्ब २८ करोड ९६ लाख ६ हजार रुपैयाँ र पुँजीगतर्फ २४ करोड १० लाख रुपैयाँ लक्ष्य राखिएको थियो। सरकारबाट यी दुवै शीर्षकमा एकमुष्ट ४० करोड १० लाख ११ हजार ५५० रुपैयाँ प्राप्त भयो। यसकारण गएको वर्ष हामीले चालु र पुँजीगत छुट््याउन सकेनौँ। राजस्व विभागका प्रमुख काफ्लेले यसवर्षदेखि छुट्याएर पठाउन थालिएको जानकारी गराए। 

पर्यटन शुल्क १० करोड लक्ष्य राखिएकोमा ५ करोड ९१ लाख ११ हजार ५ सय (५९.११%), २ करोड ५० लाख रुपैयाँ बेरुजु फस्र्योट गर्ने लक्ष्य राखिएकोमा १ करोड ३४ लाख ७८ हजार ९९७ रुपैयाँ (५३.९२%), अन्य बिक्रीबाट ५० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएकोमा ५० लाख ९६ हजार ५ सय रुपैयाँ (१०१.९३%) राजस्व संकलन भएको छ। 

नाता प्रमाणित दस्तुरमा ३५.४८%, प्रशासनिक दण्ड जरिवाना र जफतमा ३७.८८%, व्यवसाय रजिष्ट्रेसन दस्तुरमा ३०.७२% लक्ष्य प्राप्त भएको छ। यी शीर्षकमा क्रमशः ५० लाख रुपैयाँ, २ करोड रुपैयाँ र ७१ करोड रुपैयाँ प्राप्त हुने लक्ष्य राखिएको थियो भने १७ लाख ७४ हजार रुपैयाँ, ७५ लाख ७६ हजार ४३ रुपैयाँ र २१ करोड ८१ लाख ४५ हजार २२९ रुपैयाँ प्राप्त भएको छ। 

बाँडफाँडबाट प्राप्त हुने बिज्ञापन करबाट लक्ष्यको ४.९५% अर्थात् ३९ लाख ५७ हजार १८७ रुपैयाँ प्राप्त भएको छ। यस शीर्षकमा गएको आर्थिक वर्ष र चालु आर्थिक वर्षमा एउटै अङ्क (८ करोड रुपैयाँ) लक्ष्य राखिएको छ। 

यससँगै महानगरपालिकाले पार्किङ्क शुल्क, नक्सापास दस्तुर, शिफारिस, न्यायिक दस्तुर, व्यक्तिगत आन्तरिक अनुदान, बाँडफाँडतर्फ बन रोयल्टी, वित्तीय निकायबाट प्राप्त हुने व्याज, समानीकरण अनुदानलगायत शीर्षकबाट आय प्राप्त गर्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.