सकारात्मक पनि समाचार छन्

सकारात्मक पनि समाचार छन्

पत्रकारिता अर्थात् राज्यको चौथो अंग। आजको अत्याधुनिक विश्वको अनिवार्य आवश्यक्ता। हामी यति ठूलो विश्व ब्राह्माण्डका विभिन्न कुना काप्चामा छरिएका भए पनि एक अर्कामा यति नजिक छौं कि मानौं विश्व नै साँगुरिएको हो। यस्तो हुनुको एउटै कारण हो– सञ्चारमाध्यम। हामी सञ्चारमाध्यम बिनाको मानव समाज अब कल्पना गर्न सक्दैनौं।

सञ्चार क्षेत्रको आवश्यकता र महत्वका सम्बन्धमा सबै समान रूपमा अवगत छौं। तर, यस क्षेत्रले देखाएको नकारात्मक प्रवृत्तिका केही छैनन् त ? आचार्य रजनीश अर्थात् ओशो यस शताब्दीका अग्रपंक्तिका दार्शनिकमध्ये एक हुन्। तार्किक शक्ति र प्रभावशाली ओशोले पत्रकारिता कस्तो देखे र कस्तो हुनुपर्छ भन्ने मान्यता राख्थे ? त्यो हाम्रा लागि उपयोगी देखिन्छ।

पत्रिकारिता एउटा सामान्य पेसा मात्र होइन। यसको मानव जीवनप्रति धेरै ठूलो जिम्मेवारी छ। पत्रकारितालाई सरकारले पूर्णस्वतन्त्रता दिनुपर्छ। पत्रकारिता सँग–सँगै सञ्चारमाध्यमका अन्य साधनहरू रेडियो, टेलिभिजन लगायतका माध्यमहरू पनि त्यतिकै स्वतन्त्र हुनुपर्छ। जनतालाई सतापक्षको दमनबाट जोगाउनका लागि साञ्चारमाध्यमलाई सरकारले नै स्वतन्त्र छोड्नुपर्छ। किनभने सरकारसँग उसको नियन्त्रणमा राज्यका सबै संयन्त्र सञ्चालित हुन्छन्। तसर्थ सञ्चारमाध्यमलाई स्वतन्त्र छोड्नु राज्यको दायित्य हो। यदि सञ्चारमाध्यम पनि स्वतन्त्र भएन भने जनताको हितको पक्षमा कसले लडाइँ गर्छ ?जनताको पक्षमा सरकारसँग कसले वकालत गर्छ ?

स्वतन्त्र सञ्चारमाध्यम सर्वोत्कृष्ट विश्वविद्यालय हो जसले उपयोगी अनेकौं सूचना लिएर दुनियाँका घर–घरमा पुग्छ। दुनियाँका कुनै पनि मानिस घरैमा बसी–बसी उपयोगी कुराहरू थाहा पाइरहन सक्छन्। आजको परिवर्तित आधुनिक युगमा त यसको महत्व झन् धेरै छ। तर, आजको युगको सञ्चारमाध्यमले आफ्नो अस्तित्व र मर्यादालाई बचाउन सकेको छैन। ज्यादै सम्मानित र गरिमामय यस पेसालाई मुनाफा आर्जनको वा दुनियाँमा भ्रम फैलाउन दुरुपयोग गर्न थालिइको छ। तर, यो ज्यादै नरमाइलो र एकदमै दुःखको कुरा हो। पत्रकारितालाई त्यति सामान्य व्यवसाय वा उद्योगका रूपमा लिनु गलत हो। दुनियाँमा मुनाफाका लागि अनेकौं पेसा अपनाउन सकिन्छ। कमसेकम जनताप्रतिको उत्तरदायित्वलाई सम्झेर कसैले पनि पत्रकारितालाई मुनाफा आर्जन गर्न प्रयोग गर्नुहुँदैन।

पत्रकारिता गर्नेले मुनाफालाई त्याग्न सक्नुपर्छ। कसैले पनि पत्रकारितालाई मुनाफा आर्जनका लागि बद्नाम र भ्रष्ट नगरौं। पत्रकारिता सामाजिक क्रान्तिको एक अंग हो। पत्रकारिताको उत्तरदायित्व दुनियाँलाई मानव हिततर्फ प्रेरित गर्नु हो। मुनाफा आर्जनभन्दा जिम्बेवारी निर्वाहतर्फ उन्मुख भएमा यसले सामाजिक विकृतिका बिरुद्ध लड्न सक्छ। दुनियाँलाई सचेत र शिक्षित गर्न सक्छ। विकृतिका बिरुद्ध लड्नु र जागरण ल्याउनु दुनियाँभरिका त्रासदीपूर्ण समाचारहरू सम्प्रेषण गर्नु होइन।

सञ्चारमाध्यमहरूमा नकारात्मक र उत्तेजना फैलाउने खालका समाचार दिइनु हुन्न। पत्रकारितामा राजनीतिक गतिविधि र सरकारका गतिविधिलाई पनि महत्व त दिइनुपर्छ। यस दुनियाँका अर्बाैं मानिसमा त्यस्ता अप्रिय घटना त नगण्य व्यक्तिले मात्र गरेका हुन्छन्। तर, हामी तिनै सीमित व्यक्तिले गरेका अपराधका समाचारहरू प्रकाशित गरेर रमाइरहेछौं। दुनियाँका अर्बाैं मानिसले गरेका राम्रा कामका विषयका समाचारहरूलाई पन्छाइरहेछौं।
सञ्चारमाध्यममा अप्रिय वा अपराधका समाचार जस्तै हत्या, दुर्घटना, आत्महत्या, चोरी–ठगी आदिलाई अलिकति पनि स्थान दिइनु राम्रो होइन। त्यस्ता घटनाका समाचार दिँदा कसैलाई कुनै ज्ञानप्राप्त वा लाभ हुँदैन। कसैले कुनै अपराध गर्छ भने त्यसबाट पीडितलाई सहयोग र अपराधीलाई कारबाही गर्न प्रहरी र अदालतजस्ता राज्यका निकायहरूले कानुनले तोकेको व्यवस्थाअनुसार कारबाही गरेर त्यहीँ टुंग्याइनुपर्छ।

अपराध, हिंसा, दुर्घटना आदिका समाचारहरू सञ्चारमाध्यमहरूमा आइरहँदा मानिसमा एकातिर निराशा बढाउने र अर्कातिर त्यसप्रति आकर्षण बढाउन पनि सक्छ। हामीले हिंसा र अपराधका घटनामा तिनका कथा–विधि वा उदाहरण पनि सिकाइरहेका हुन्छौं, त्यसबाट अपराध गर्नेहरूलाई नै प्रेरित र सिकाउने गर्छ। त्यस्ता समाचारले मानिसलाई राम्रा काममा आत्मबल बढाउनेभन्दा पनि यस दुनियाँमा नराम्रो काम गरेर भए पनि नाम त चर्चामा आउने रहेछ भन्ने भ्रम सिर्जना गर्न सक्छ। तसर्थ त्यस्ता हिंसाका र अपराधका समाचार नदिए केही फरक पर्दैन।

यस संसरमा अर्बाैं मानिसमा दिनहुँ राम्रो, सकारात्मक प्रेरणा दिने, सिर्जनात्मक काम गर्नेहरू छैनन् त ? त्यस्तो होइन, छन्। अर्बाैं मानिसहरू राम्रा, प्रेरणादायी र सकारात्मक काम गरिरहेकै छन्। मानव जाति र विश्वकै हितका लागि अर्बौं मानिस दिनहुँ लाखौं लाख राम्रा काम गरेर सफलताको उदाहरण बनिरहेकै छन्। सञ्चारमाध्यमको काम दुनियाँलाई संसारमा जताततै खराब नै खराब मात्र भइरहेको छ भने जस्तो भ्रम छरेर त्रसित गर्ने पनि त होइन नि !

दुनियाँमा फूलफुलिरहेको छ। काँडामा पनि गुलाफ फुलेको छ, हिलोमा पनि कमल फुलेकै छ तर फूलभन्दा काँडाको मात्र चर्चा र प्रचार किन ? दुनियाँलाई फूलैफूलको बीचमा पुर्‍याउनु, फूलको दृश्य देखाउनु, मायाको कथा, हाँसो र खुसी देखाउनु सञ्चारकर्मीको दायित्व होइन र ? खराब घटना दुनियाँले थाहा पाउनै पर्ने समाचार होइनन्। राम्रा कामको उदाहरण र सकारात्मक सन्देश जाने राम्रा समाचार दुनियाँलाई दिनुपर्छ भन्ने भावना र मान्यता स्थापित गरौं।

आज पनि बगैंचामा फूल फुल्न छोडेको छैन। नदीमा झर्ना झरिरहेको छ। संसारका अर्बाैं मानिस एकआपसमा प्रेम साटासाट र एक अर्कोलाई दुःख मर्कामा सयोग गरिरहेकै छन्। दुनियाँमा युद्ध, हत्या, हिंसा, आत्महत्याजस्ता अनेक अपराध गर्नेभन्दा एकआपसमा प्रेम, सद्भाव र विश्वास गर्नेहरू नै धेरै छन्। त्यसअर्थमा सञ्चारकर्मीले पनि आफ्नो प्राथमिकता र कर्तव्य बुझ्न प्रयास गरौं। आजको सञ्चारमाध्यमहरूमा सकारात्मक सोच र मान्यताविपरीतका नकारात्मक समाचारलाई ज्यादा स्थान दिइएको पाइन्छ। राजनीतिक गतिविधिका सामान्य समाचार र अपराधका घटनाका समाचार दिनुसट्टा सकारात्मक र समाजपयोगी समाचार मात्र दिऊँ। समाजको राम्रो काम गर्नेको तस्बिर छापौं। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.