एनआईसी एसिया ग्रोथ फन्ड २ मा कति ?
काठमाडौं : एनआईसी एसिया क्यापिटलले म्युचुअल फन्ड योजनामा हालसम्म ३९ हजार ८३ जनाको आवेदन परेको छ। ‘एनआईसी एसिया ग्रोथ फन्ड २’ मा ५७ करोड ७९ लाख २८ हजार ३ सय रुपैयाँबराबरको ५ करोड ७७ लाख ९२ हजार ८ सय ३० इकाइ माग भएको हो।
म्युचुअल फन्डको एक अर्ब रुपैयाँबराबरको १० करोड इकाइ निष्कासन भएकामा ८ अर्ब ५० करोडका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्। यो बन्दमुखी योजनामा मंसिर ७ गतेसम्म पर्याप्त आवेदन नपरेका कारण आवेदन अवधि मंसिर १८ गतेसम्म लम्ब्याइएको छ।