दार्चुला : दार्चुलाका दुई स्थानीय तहले दुई दिन सार्वजनिक बिदा दिएका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले आज र भोलि दुई दिन सार्वजनिक बिदा दिएका हुन् ।
राष्ट्रकै सातौं धामको रुपमा रहेको मालिकार्जुन धाममा लागेको जात्राको अवसरमा बिदा दिइएको सम्बन्धित स्थानीय तहहरुले जनाएका छन् । हरेक वर्ष कार्तिक शुक्ल त्रयोदशी र चतुर्दशीका दिन मालिकार्जुन धाममा जात्रा लाग्ने गर्दछ ।
कार्तिक शुक्ल पूर्णिमाको बिहान सम्मै धाममा पूजाआजा हुने भएकाले आज र भोलि दुई दिन बिदा दिइएको जनाएको छ । शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिका क्षेत्रभित्रका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा आज र भोलि बिदा रहेको जनाइएको छ ।
जिल्लाको महाकाली नगरपालिकाले बिदा दिएको छैन । महाकाली नगरपालिका भित्रका २ वटा सामुदायिक विद्यालयहरुले भने २ दिन सार्बजनिक बिदा दिएका छन् । श्री रास्ट्रीय माबी दत्तु र श्री मालिकार्जुन नमुना मावि धापले बिदा दिएको विद्यालयका प्रधानाध्यापकहरुले बताएका छन्।
मालिकार्जुन धामको जात्रामा नेपालका मात्रै नभएर भारतका दर्शनार्थीसमेत पुग्ने गरेका छन् । मालिकार्जुन धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।
मालिकार्जुन मन्दिरमा भक्तजनहरुको निकै घुइँचो रहेको छ । मन्दिर व्यवस्थापन परिसरमा सुरक्षा कडा पारिएको छ ।
जात्रलाई शान्ती सुरक्षा प्रदान गर्नका लागि जिल्ला प्रहरी कार्यालय दार्चुलाको नेतृत्वमा २ सय जना नेपाल प्रहरी ८० जना सशस्त्र प्रहरी र अन्य प्रहरी गरि ३ सयको हाराहारीमा सुरक्षा खटिएको प्रहरी प्रमुख शिव बहादुर सिंहले जानकारी दिए । उन्ले आज लाग्ने जात्रामा ६ जना इन्स्पेक्ट्रहरु ३ दिन अगाडि देखि नै सुरक्षामा खटिएका छन्।
मदिरालाई पूर्ण रुपमा निशेध गरिएको छ । हिजो मात्रै १ ट्र्क मदिरा प्रहरिले बरामद गरेको छ । डिलरहरुमा चाबी लाएका छौं । अझै के कति गर्न सकिन्छ तयार रहेको सिंहले बताए ।