कुसुमको ‘भृकुटी’ सार्वजनिक
![कुसुमको ‘भृकुटी’ सार्वजनिक](https://annapurnapost.prixacdn.net/media/albums/book_j643cTg3FG_vgbmKzcvxZ.jpg)
काठमाडौं : गोविन्दप्रसाद कुसुमद्वारा लिखित पुस्तक ‘भृकुटी’ शनिबार काठमाडौंमा सार्वजनिक गरिएको छ। लेखक कुसुमले भने, ‘भृकुटी आफैंमा इतिहास छ। हिजोको नेपाल आर्थिक सामाजिक, राजनीतिक र कृषि प्रणालीमा राम्रो थियो। अंशुबर्माको हात थियो। भृकुटीलाई इतिहासका रूपमा हेरिन्थ्यो।’
कुसुमले थपे, ‘भृकुटीका बारेमा सबै कुरा समेटेर यो किताब लेखिएको छ। यही मनासायले यो उपन्यास ल्याएको हुँ।’ कार्यक्रममा प्रमुख अतिथि बनेका पूर्वमहान्यायाधिवक्ता डा.युवराज संग्रौलाले भने आजसम्म भृकुटीको उपन्यास नलेखिएको तर गोविन्दप्रसाद कुसुमले लेख्नुभएको भन्दै खुसी व्यक्त गरेका थिए। उनले भने, ‘पुस्तक अध्ययन गरिसकेपछि हिजोको नेपालमा भएको शासन व्यवस्था कस्तो थियो भनेर आजका पुस्तालाई थाहा हुनेछ।’
डा. संग्रौलाले नेपालको इतिहासभित्र नेपालकी छोरीको प्रेम रहेको बताए। ‘भृकुटीले नेपालकी छोरी भनेर चिनाएकी छन्। यो पुस्तकले हिजोको नेपालले कृषि क्षेत्रमा दिएको सम्मान र आधार कस्तो रहेछ भनेर आजका युवाले थाहा पाउने गरी विषयवस्तुलाई छर्लंग बनाएको छ।’
संग्रौलाले ‘त्यतिबेला राजाहरूले जनताको कल्याण गर्थे। जनताको जीवन बिग्रियो भने राजदरबार बिग्रिन्छ भनेर काम गर्थे’ भन्दै त्यसबेला सामाजिक एवं आर्थिक सबै हिसाबले पुर्याएको देन यो पुस्तकले भएको भन्दै प्रशंसा गरेका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)