वडा सचिवसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

वडा सचिवसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फाइल तस्बिर
सुन्नुहोस्

रामेछाप : रामेछापको मन्थली नगरपालिका-३ का तत्कालीन वडासचिवसहित दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

तत्कालीन वडासचिव शिवकुमार महतोविरुद्ध श्रीमान् आफू जीवितै हुँदा आफ्नो मृत्युको दर्ताको प्रमाणपत्र बनाएर श्रीमतीलाई एकल महिला भत्ता खुवाएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

मन्थली नगरपालिका-३ का रामबाबु खत्रीले आफ्नो मृत्यु प्रमाणपत्र बनाएर श्रीमती निर्मला खत्रीलाई झन्डै १२ महिनाको एकल महिला भत्ता खुवाएको पाइएपछि मुद्दा दायर भएको हो। अन्नपूर्ण पोस्टमा 'श्रीमानले मृत्यु प्रमाणपत्र बनाएर श्रीमतीलाई दिलाए एकल महिला भत्ता' शीर्षकमा समाचार प्रकाशित भएपछि यसको तथ्य बाहिर आएको थियो।  

तत्कालीन वडा सचिव महतोले निर्मला खत्रीसँगको मिलेमतोमा जीवित श्रीमानको मृत्यु भएको लिखत तयार गरी ४५ हजार २२० रुपैयाँ एकल महिला वितरण गरेको पाइएको अख्तियारले जनाएको छ। 
null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.