सबैभन्दा बढी कर तिर्ने ग्लोबल आईएमई  बैंक

सबैभन्दा बढी कर तिर्ने ग्लोबल आईएमई  बैंक
सुन्नुहोस्

काठमाडौं : ग्लोबल आईएमई बैंक सबैभन्दा बढी आयकर बुझाउने बैंक बनेको छ। बैंकले आर्थिक वर्ष २०७८/०७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो। बैंक तथा वित्तीय संस्थामध्येमा ग्लोबल आईएमईले सबैभन्दा बढी आयकर बुझाएको हो। 

आन्तरिक राजस्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने ग्लोबल आईएमई बैंकलाई सम्मान गरेको हो। कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सर्वाधिक कर दाखिला गरेको कदरस्वरूप सम्मानपत्र प्रदान गरे। 

बैंक विभिन्न सूचकमा नेपालको सबैभन्दा ठूलो बैंकको रूपमा स्थापित छ। हाल बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ छ। सन् २००७ मा वाणिज्य बैंकको रूपमा बैंकिङ कारोबार सुरुवात गरेको बैंकले विभिन्न २१ बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति गरी सबल र उत्तरदायी बैंकको रूपमा स्थापित भएको छ।  

बैंकले प्रविधिमैत्री बैंकिङ सेवा तथा सुविधाको पहुँच विस्तार गरी सन् २०२५ सम्म व्यवसाय दोब्बर बनाउने लक्ष्य लिएको छ। बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकका ३ सय ५० शाखा, ३ सय ६९ एटीएम, ३ सय २२ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर, ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्र रहेका छन्। बैंकले ४५ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको दाबी गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.