महतो हटेपछि माछापुच्छ्रे बैंकको अध्यक्ष बने केसी
काठमाडौं : रोशन केसी माछापुच्छ्रे बैंकको सञ्चालक समिति अध्यक्ष बनेका छन्। बिहीबार बसेको सञ्चालक समितिको ४ सय ९१औं बैठकले पोखरा–७, मुस्ताङ चोक निवासी केसीलाई अध्यक्ष बनाएको हो।
सोही बैठकले बैंकको संस्थापक सेयरधनीका तर्फबाट डा. उपेन्द्र महतोले अध्यक्ष र सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ। बैंकले नेप्सेलाई लेखेको पत्रमा महतो बैंकमा संलग्न नरहेको बताएको छ। महतोको राजीनामाको कारण भने पत्रमा खुलाइएको छैन।
महतो गत वर्षको मंसिर १२ गतेदेखि बैंकको सञ्चालक समिति अध्यक्ष थिए।