भारतले पठायो दोधारा चाँदनी सुक्खा बन्दरगाहको डीपीआर

भारतले पठायो दोधारा चाँदनी सुक्खा बन्दरगाहको डीपीआर
सुन्नुहोस्

महेन्द्रनगर : कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह निमार्ण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ। 

भारत सरकारले सुख्खा बन्दरगाह निर्माणका लागि डीपीआर तयार गरेर पठाएको नेपाल इन्टर मोडल यातायात विकास समितिका इन्जिनियर अनिश केसीले जानकारी दिए। उनका अनुसार सुक्खा बन्दरगाह निर्माणका लागि ५ अर्ब ७५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। सुक्खा बन्दरगाह भारतको पूर्ण लगानीमा बन्ने उनले बताए।

 ‘सुख्खा बन्दरगाह निमार्ण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर भारतले पठाएको छ।’ केसीले भने, ‘२०२४ देखि सुरु भई सन २०२६ सम्म निर्माण सक्ने डीपीआरमा उल्लेख छ।’

बन्दरगाह निर्माणका लागि दोधारा–चाँदनी नगरपालिका–१, २ र ३  स्थित मायापुरी र गौरीशंकर सामुदायिक वनको करिब २ सय ८० बिघा जमिन प्रयोग हुनेछ। सुक्खा बन्दरगाह निर्माण हुने स्थलमा रुख कटानका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृति भइसकेको छ। ‘१०/१५ दिनभित्रै फाइनल रिर्पोट मन्त्रालयमा पेस हुन्छ।’ उनले भने, ‘मन्त्रिपरिषदले रुख कटान गर्ने निर्णय गरेपछि निर्माण कार्य अघि बढ्ने छ।’ बन्दरगाह क्षेत्रमा १ हजार ९ सय ८९ रुख कटान गर्नुपर्ने छ। 

भारतले एसियन राजमार्गसँग जोड्न पहुँच मार्ग निर्माणको काम सुरु गरिसकेको छ। २०६४ मा पहिलोपटक सरकारले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको प्रस्ताव गरेको थियो। त्यसपछि पटकपटक अध्ययनका लागि टोली आए पनि काम अगाडि बढ्न सकेको थिएन। सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए सम्भावनाको ढोका खुल्ने नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.