सामसङको ग्यालेक्सी एस २३ एफ इ मासिक किस्तामा पाइने

सामसङको ग्यालेक्सी एस २३ एफ इ मासिक किस्तामा पाइने
सुन्नुहोस्

काठमाडौं : सामसङ नेपालले ग्यालेक्सी एस सिरिजको नयाँ मोडल ग्यालेक्सी एस २३ एफ इ भित्र्याएको छ। युवा पुस्ताका ग्यालेक्सी प्रयोगकर्ताहरूलाई सामसङको उच्चकोटीको अनुभव प्रदान गर्न निर्माण गरिएको ग्यालेक्सी एस २३ एफ इ नेपाल भित्र्याइएको हो।

नेपालमा मिन्ट र ग्रेफाइट गरी २ रंगहरूमा उपलब्ध हुने यो ग्यालेक्स मोबाइलको प्रि-अर्डर २० नोभेम्बर, २०२३ देखि नेपालभर सामसङको आधिकारिक स्टोरहरूबाट गर्न सकिनेछ।

एफ इ संस्करणको रुपमा ग्यालेक्सी एस २३ एफ इमा प्रतिष्ठित र दिगो डिजाइनहरू, एड्भान्स्ड कार्यसम्पादन, अत्यधुनिक क्यामराका साथै त्यसभन्दा अझ धेरै विशेषताहरू समेटिएका छन्।


जीवन्त डिजाइन र डिस्प्ले

ग्यालेक्सी एस २३ एफइ यसमा भएको नयाँ फ्लोटिङ क्यामरा र अझै स्लीकर डिस्प्लेको लागि सर्वश्रेष्ठ फिनिसका साथ एस सिरिजको डिजाइनलाई वास्तवमै अँगीकार गरेको छ। सर्वश्रेष्ठ धातु र सिसाबाट बनाइएको ग्यालेक्सी एस २३ एप mइले प्रमुख स्टाइलिस बनावट र स्पर्शलाई प्रतिबिम्बित गर्दछ।

उत्कृष्ट दृश्यावलोकनको अनुभव दिलाउने गरी निर्माण गरिएको ग्यालेक्सी एस २३ एफ इमा १२० हर्ज अनुकूल रिफ्रेस दरका साथ चम्किलो, अत्यन्त सरस ६.४ इन्चको भव्य एमोलेड २एक्स डिस्प्ले रहेको छ। ग्यालेक्सी एस २३ एफ इमा रहेको भिजन बूस्टर प्रविधिले स्वचालित रुपमा उज्यालो प्रकाशको अवस्थाहरू पत्ता लगाएर स्क्रीनलाई जीवन्त राख्दै डिस्प्लेलाई सहज बनाइदिन्छ।

क्यामरा अपग्रेड

ग्यालेक्सी एस २३ एफ इमा प्रो-ग्रेड क्यामराको विशेषताहरू छन्, जसले असाधारण व्यापकताका साथ भिडियोहरू र फोटोहरू खिच्दछ जुन आज सम्म कै सबैभन्दा ठूलो क्यामरा हो। यसको पछाडी प्रमुख ग्रेडको ५० एमपि (डब्लु) र १२ एमपि (युडब्लु) र ८ एमपि (ओआइएस) युक्त ३ गुणा ठूलो अप्टिकल जूम सहितको क्यामरा जडान गरिएको छ, जसले चम्किलो र आकर्षक फोटोहरू खिचेर हरेक पललाई जीवन्त बनाइदिन्छ।

ग्यालेक्सी एस २३ एफ इमा नाइटोग्राफि विशेषताले तपाईंलाई अँध्यारोमा पनि जीवनजस्तै रङ्गहरूमा सेल्फि र पोट्रेट प्रष्ट खिच्न मद्दत गर्छ। एड्भान्स्ड डिजिटल इमेज स्टेबलाइजेसन (भिडिआइएस) का साथ प्रयोगकर्ताहरूले अप्टिकल इमेज स्टेबलाइजर (ओआइएस) कोणमा पछाडीको क्यामरा प्रयोग गरेर चालु रहेकै समयमा स्थिर सट लिन सक्दछन्।

जब सही रुपमा कन्टेन्ट सिर्जना गर्ने अवस्था आउँछ, ग्यालेक्सी एस २३ एफ इ त्यसको लागि एक सुचारु सम्पादन स्टुडियो हो। प्रो मोडमा अबरोधक गति, छिद्र, आइएसओ नियन्त्रण र सहजताको लागि हस्तकृत रुपमा संयोजन गर्न सकिन्छ। ग्यालेक्सी एस २३ एफ इ क्यामरामा एआइ शक्ति प्रदत्त टुलहरू रहेका छन्, जसले चालु रहेकै समयमा रचनात्मक बनाउने स्वतन्त्रता र अनुकूलन गर्न दिई तपाईंको सटहरूलाई उत्कृष्ट तुल्याउनेछ।

गेमिङका पारखीहरूलाई प्रभावित पार्ने सर्वोत्कृट पावरहाउस

ग्यालेक्सी एस २३ एफ इमा सर्वोत्कृट र भरपर्दो कार्यसम्पादनको लागि भव्य ४ एनएम चिपसेटको पावर दिइएको छ, जुन भव्य अनुभवहरूका लागि एक ठोस मेरुदण्ड हो।

गेमिङ्ग र स्ट्रिमिङ्गको लागि ग्यालेक्सी एस २३ एफ इको शक्तिशाली प्रोसेसरले भेपर चेम्बर, जसले ताप नियन्त्रण गर्न र कार्यसम्पादनलाई एक समान राख्न मद्दत गर्दछ, त्यसको साथमा हरेक कार्यलाई तीव्र र तरल बनाइदिन्छ। यो रेट्रेसिङका साथ पनि आउँछ, एक त्यस्तो ग्राफिक चित्रण गर्ने प्रविधि जसले गेमलाई वास्तविक संसारको जस्तै प्रतिबिम्बहरू, प्रकाशहरू र छायाँहरू देखाउँछ।

धेरै समय चल्ने, २५ वाटको एडप्टरका साथ केवल ३० मिनेटमा ५० प्रतिशतसम्म चार्ज हुने ४५०० एमएएच ब्याट्रीले ऊर्जाको बचत गर्न सहजै संयोजन गर्दछ।

मेमोरी विविधता, मोल र उपलब्धता

ग्यालेक्सी एस २३ एफ इ प्रभावकारी ८ जिबि र्‍याम र २५६ जिबिको स्टोरेजमा उपलब्ध छ। मिन्ट र ग्रेफाइट रंगहरूमा पाइने ग्यालेक्सी एस २३ एफ इ चाँडै नै देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध हुनेछ। ग्राहकहरूले स्टोरमा आफै उपस्थित भएर अग्रिम अर्डर गर्न सक्नु हुनेछ। यो मोबाइलको मूल्य ८५ हजार ९९९ रुपैयाँ तोकिएको छ।

आश्चर्यजनक लाभहरू रहेको एस २३ एफ इ शुन्य प्रतिशत ब्याजदरमा पनि उपलब्ध हुनेछ। ग्राहकहरूले सामसङ इन्स्टा फाइनान्सले दिएको सुविधाको लाभ उठाउँदै मासिक ४ हजार ३ सय रुपैयाँ किस्ता तिरेर नयाँ ग्यालेक्सी एस २३ एफ इलाई आफ्नो बनाउन सकिनेछ। सामसङले एक वर्षका लागि १ पटकको ब्रेकेज बीमा प्रदान गरेको छ भने आफ्नो सामसङ फोनको अपग्रेड गर्न इच्छुकहरूका लागि एक्सेञ्ज सुविधा पनि प्रदान गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.