ढोरपाटनमा हाई अल्टिच्युट तेक्वान्दो सेमिनार

ढोरपाटनमा हाई अल्टिच्युट तेक्वान्दो सेमिनार
सुन्नुहोस्

बागलुङ : बागलुङको मुख्य पर्यटकीय स्थल ढोरपाटनमा हाई अल्टिच्युट तेक्वान्दो सेमिनार हुने भएको छ। गण्डकी प्रदेश आईटीएफ तेक्वान्दो संघले सोमबार बागलुङमा पत्रकार सम्मेलन गर्दै मंसिर ८ र ९ गते ढोरपाटनमा हाई अल्टिच्युट तेक्वान्दो सेमिनार गर्न लागेको जानकारी दिएको हो।

खेलाडी तथा प्रशिक्षकको प्राविधिक ज्ञान अभिवृद्धि, ग्रामीण क्षेत्रमा खेलकुदको विकाससँगै एसियाकै एक मात्र सिकार आरक्ष ढोरपाटनको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले सेमिनार गर्न लागिएको संघका उपाध्यक्ष तथा खेल सामग्री व्यवस्थापन समितिका संयोजक आकाशचन्द्र घर्तीमगरले जानकारी दिए।

सेमिनारमा नेपालभरका आईटीएफ तेक्वान्दोका प्रशिक्षक र खेलाडीको सहभागिता रहने उपाध्यक्ष मगरले बताए। उनका अनुसार विभिन्न जिल्ला र प्रदेशबाट चार सय खेलाडीले सेमिनारमा सहभागिता जनाउने छन्। ‘यो राष्ट्रिय स्तरको सेमिनार हो’, उपाध्यक्ष मगरले भने, ‘इच्छुक प्रशिक्षक र खेलाडीले सहभागिता जनाउन सक्नेछन्।’

सेमिनारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकहरूले खेलाडी, प्रशिक्षक र निर्णायकहरूलाई प्राविधिक पक्षका बारेमा प्रशिक्षण दिने गण्डकी प्रदेश आईटीएफ तेक्वान्दो संघका सचिव प्रतिक घर्तीमगरले बताए। उनले सहभागीलाई हिमशृंखला दृश्यावलोकनका लागि ढोरपाटनको जलजलासम्म लैजाने कार्यक्रम तय गरिएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.