उदाँउदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ

उदाँउदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ
सुन्नुहोस्

वीरगन्ज : सोमबार बिहान उदाँउदो सूर्य भगवान र छठी मातालाई अर्घ दिएसंगै यसपालीको छठ पर्व विधिवत समापन भएको छ।

कार्तिक शुक्लपक्षको सप्तमी तिथिका दिन आज बिहान वीरगञ्जका छठ घाटको जलाशयमा ब्रतालुहरुले उदाँउदो सूर्य भगवान र छठी मातालाई अर्घ दिएसँगै छठ पर्व विधिवत रुपमा समापन भएको हो।

श्रद्धा, भक्ति र लोकआस्थाको चाड छठ पर्ब शुक्रबारदेखि विधिवत शुरु भएको थियो। सत्य र अहिंसा प्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने महान् चाड छठ पर्ब कात्तिक शुक्लपक्षमा चार दिनसम्म मनाइन्छ।

छठ पर्वको पहिलो दिनलाई नहाए खाएको दिन पनि भन्ने गरिन्छ। छठ पर्वको पहिलो दिन शुक्रबार छठका व्रतालुहरुले खोला, नाला, नदी, पोखरी , तलाउ लगायतका जलाशयमा नुहाइधुवाई गरेर शुद्ध भई लसुन र प्याज बेगरको चोखो शाकाहारी भोजन ग्रहण गरेका थिए।

छठको दोश्रो दिन ‘खरना’गरि ब्रतालुहरुले ३६ घण्टे निर्जल ब्रत शुरु गरेका थिए। छठको तेस्रो दिन अर्थात षष्ठी तिथिमा आइतबार छठको मुख्य दिन ब्रतालुहरुले नदि, पोखरी , तलाउलगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर साँझ पख अस्ताउदो सूर्य भगवान र छठीमातालाई अर्घ दिएका थिए।

सोमबार सप्तमी तिथीका दिन बिहान सूर्य उदाउनुभन्दा पहिले नै ब्रतालुहरु सुपली र ढकनीमा सजाएर राखिएको प्रसाद , फलफूल लिएर छठघाटको जलशायमा पसेर उदाउँदै गरेका सूर्य र छठीमातालाई अर्घ दिएका थिए।

सुर्यलाइ अर्घ दिएपछि छठघाटमै ब्रतालु महिलाहरुले एक अर्काको नाकको टुप्पादेखि सिउँदो सम्ममा सिन्दुर लगाईदिन्छन्। त्यसपछि उनीहरु आ आफनो घर फर्किन्छन्। उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत रुपमा समापन हुन्छ। यस दिनलाई ‘परना’वा ‘पारन’भन्ने चलन पनि छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.