टिकटक बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्चमा आधा दर्जन बढी रिट
काठमाडौं : टिकटक बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन बढी रिट निवेदन दर्ता भएको छ। टिकटक बन्द गर्ने निर्णय नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता स्वागत नेपाल लगायतले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन्।