दीपावली मेला भलिबलको उपाधि मेहेले टाइगरलाई
![दीपावली मेला भलिबलको उपाधि मेहेले टाइगरलाई](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_e0TtPJFosD_wqss6BIKdO.jpg)
फिदिम : पाँचथरको याङवरक गाउँपालिका-४, थर्पूस्थित क्याम्पस मोडमा सम्पन्न दीपावली मेला भलिबल प्रतियोगिताको उपाधि ताप्लेजुङको मेहेले टाइगरले जितेको छ।
थर्पू क्याम्पसको खेल मैदानमा बिहीबार सम्पन्न फाइनल खेलमा ताप्लेजुङको थुम्बेदिन भलिबल टिमलाई २५–२०, २५–१४ र २६–२४ को सोझो सेटमा पराजित गर्दै मेहेले विजयी भएको हो।
विजेता बनेसँगै मेहेलेले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेतामा सीमित बनेको थम्बेदिनले ३० हजार नगद पुरस्कारसहित ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझायो।
विजेता टिमलाई फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बेले पुरस्कार प्रदान गरे। मेहेलेका राज कँडेल उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत बने। थुम्बेदिनका अमृत थेबे अल राउण्डर खेलाडी घोषत भए। थुम्बेदिनका प्रकाश लिम्बू उत्कृष्ट ब्लकर घोषित भए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)