टिकटक प्रतिबन्धविरुद्ध परेको रिटमाथि मंसिर ४ गते प्रारम्भिक सुनुवाइ हुने

टिकटक प्रतिबन्धविरुद्ध परेको रिटमाथि मंसिर ४ गते प्रारम्भिक सुनुवाइ हुने
सुन्नुहोस्

काठमाडौं : सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि मंसिर ४ गते प्रारम्भिक सुनुवाइ हुने भएको छ। टिकटक बन्ध गर्ने सरकारको निर्णय बदरको माग गर्दै शुक्रबार सर्वोच्चमा आधा दर्जन बढी रिटहरू दर्ता भएका छन्।

टिकटक बन्द गर्ने निर्णय नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी,अधिवक्ता स्वागत नेपाल लगायतले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन्।

रिटमाथि सुनुवाइका लागि सोमबार पेशी तोकिएको अधिवक्ता त्रिपाठीले जानकारी दिए।

टिकटक बन्द गर्ने सरकारको निर्णय गैरकानुनी एवं गैर संवैधानिक,बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै कानुन व्यवसायीहरूले सो निर्णय बदर गरी टिकटकमा लगाइएको रोक तत्काल फुकाउन माग गरेका छन्।

२७ गते कार्त्तिकको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो। टिकटकबाट समाजमा विसंगति,विकृति र अराजकता फैलाएको भन्दै नेपालमा टिकटक बन्द गर्ने निर्णय सरकारले गरेको हो।

टिकटक बन्द गर्ने सरकारको निर्णयसँगै विवाद सुरू भएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.