जाजरकोटमा चिसोले दुई वृद्धको मृत्यु

जाजरकोटमा चिसोले दुई वृद्धको मृत्यु
सुन्नुहोस्

जाजरकोट : चिसोका कारण जाजरकोटमा दुई जना वृद्धको ज्यान गएको छ। भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका-२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका-४ जिरीका नरेन्द्रबहादुर सिंहको चिसोका कारण मृत्यु भएको हो।

कार्की र सिंह दुवै दमका रोगी थिए। कार्कीको मंगलबार र सिंहको बुधबार ज्यान गएको स्थानीयले बताएका छन्। भूकम्पपछि घर बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजार बढी परिवार घरवार त्रिपालमुनि बस्दै आएका छन्।

त्रिपालमुनिको बसाईले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन्। बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वास सम्बन्धी समस्या देखिन थालेको छ। यसअघि गत साता नलगाड-४ मा चिसोका कारण दुई जना दीर्घरोगीको ज्यान गएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.