चाडबाडमै किन मौलाउँछ तस्करी ?

चाडबाडमै किन मौलाउँछ तस्करी ?
धनुषाको सीमावर्ती गाउँमा तस्करीको सामान ओसारपोसार गर्दै तस्करहरू।
सुन्नुहोस्

जनकपुरधाम : बिहान ३ बजेदेखि ५ बजेसम्म जनकपुरका गल्लीहरूमा तिव्र गतिमा मोटरसाइकल हुँइकिन्छन्। नाकमुख मास्क वा गम्छाले छोपेर आफ्नै धुनमा हुँइकिने चालकहरू कम्तीमा पनि ६ देखि १० जनासम्मको समूहमा हुन्छन््। भारतीय र नेपाली नम्बर प्लेटका यी मोटरसाइकलमा जुटका बोराहरूमा निकै भारी र ठूलो परिमाणमा सामानहरू लोड गरिएको हुन्छ। कतिपय मोटरसाइकलमा सामानको मात्रा यति धेरै हुन्छ कि चलाउने व्यक्ति उभिएरै मोटरसाइकल कुदाइराखेको हुन्छ। 

एकाबिहानै मोटरसाइकलको ओहोरदोहोरले अशान्त हुने गरेको वातावरण बिहानीको किरणले उज्यालो छर्नु अगावै शान्त हुन्छ। यसरी अँध्यारोको मौका छोपी सामान ओसारपसार गर्नेहरू अरु कोही नभइ तस्करहरू हुन्।  दसैंं, तिहार र चाडवाडका बेला अहिले जनकपुरसहित सिमावर्ती नेपाली बजारहरूमा तस्करहरूको गतिविधि निकै बढेको छ। तर, यसको नियन्त्रणका लागि सीमा क्षेत्रमा खटिएका सशस्त्र र नेपाल प्रहरी भने चुपचाप छन्।

नुनदेखि सुनसम्म तस्करी हुने नेपाल–भारत सीमाक्षेत्रबाट अहिले चाडबाडको मौका छोपी विशेषगरी चिनी, प्याज, आलु, तेल, लागू औषध, इलोक्ट्रोनिक्सका सामान र लताकपडाहरूको तस्करी व्यापक मात्रामा भइरहेको छ। जनकपुर बजारमा मात्रै अधिकांश खुद्रे पसल तस्करहरूबाटै खरिद गरिएका सामानहरूको भरमा चलेका छन्। त्यसैगरी सीमावर्ती बजारहरूमा पनि तस्करहरूकै बोलबाला छ। तर, प्रहरीले भने बेलाबेलामा थोर बहुत सामान नियन्त्रणमा लिनु बाहेक तस्करी रोक्न खासै कुनै प्रयास नगरेको देखिन्छ। 

तस्करीका सामानहरूको प्रयोग बढेपछि भन्सार तिरेर सरसामान ल्याउने र व्यापार गर्ने जनकपुरका व्यापारीहरूसमेत मारमा परेको उद्योग वाणिज्य संघ जनकपुरका अध्यक्ष जितेन्द्र महासेठ बताउँछन्। ‘तस्करीका सामानहरूले गर्दा स्थानीय व्यापारमा निकै प्रभाव परेको छ। लाखौं राजश्व तिरेर हामी व्यापारीहरूले ल्याउने लत्ताकपडा उचित मूल्यमा बिक्री नहुने र त्यही तस्करीको सामान खरिद बिक्री हुने गरेको अवस्था छ,’ महासेठ भन्छन््, ‘हामी व्यापारीहरूले तस्करी नियन्त्रणका लागि हो हल्ला गरेपछि र प्रशासनमाथि दबाब बनाएपछि केही दिनका लागि सुरक्षा व्यवस्था कडा पारिन्छ तर, तपाईंलार्ई थाहै छ यहाँँ सरकारी संयन्त्र कसरी चलेको छ। केही दिन तस्करी रोक्ने नाटक गरिए पनि फेरी ‘लाइन’ दिइन्छ र तस्करहरू निर्वाध रूपमा काम गर्न थाल्छन्।’

धनुषा जिल्लामा रहेका केही नामूद तस्करहरूसँग प्रहरीको विशेष साटगाँठ रहेको आरोप लाग्दै आएको छ। तीन दिन अगाडि मात्रै तस्करीलगायत कार्य क्षेत्रमा देखिएको विभिन्न त्रृटिहरूका कारण धनुषाका तीन प्रमुख नाकाका सशस्त्र प्रहरी प्रमुखहरूलार्ई अनुसन्धानका लागि भन्दै विभागमा तानिएको हो। 

तराई मधेसमा बढ्दो तस्करीसम्बन्धी विषयमा छानबिन गर्नका लागि सशस्त्र प्रहरी बल प्रधान कार्यालयबाट प्रहरी उपरीक्षक भानुभक्त लम्सालको कमाण्डमा खटिएको टोलीले जिल्लाको महिनाथपुर प्रस्तावित गुल्मका डीएसपी प्रेमसागर विष्ट, बिओपी धनौजीका प्रमुख रविन्द्र भट्ट र बिओपी डेवडिहाका प्रमुख प्रेम विष्टलार्ई अनुसन्धानका लागि भन्दै विभागमा तानेको धनुषाका सशस्त्र प्रहरी बल उपरीक्षक दिनेश मल्लले पुष्टि गरेका छन्। 
मल्ल भन्छन््, ‘तस्करी नियन्त्रणका लागि हामीले दिनरात प्रयास गरेकै छौं तर, यहाँँ यति धेरै चोरबाटोहरू छन् कि सबैलार्ई निगरानी गर्न हामीसँग पर्याप्त जनशक्ति पनि छैन। तर, पनि सशस्त्र प्रहरीले सक्दो प्रयास गरेको छ।’ 

प्रहरीभित्रै तस्करका सुराकीहरू भएका कारणले पनि तस्करी नियन्त्रण गर्न चुनौती थपिएको एक प्रहरीले नाम नखुलाउने सर्तमा बताए। ‘अहिले सशस्त्र प्रहरीलार्ई सिभिल ड्रेसमा अनुगमन गर्न रोक लगाइएको छ। बर्दीमा छापा हान्न वा निगरानी गर्न जाँदा प्रहरी निस्कनु अगावै तस्करलार्ई खबर पुग्छ यहाँँ आफैंंभित्रका केही व्यक्तिहरूको गलत मनसायले पनि निकै समस्या भएको छ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.