तिहार बिदामा सर्वोच्च अदालत खुला रहने
![तिहार बिदामा सर्वोच्च अदालत खुला रहने](https://annapurnapost.prixacdn.net/media/albums/supremecourt_20220214125923_4LasvmAbxA_lDes2JU37X.jpg)
काठमाडौं : तिहार बिदामा सर्वोच्च अदालत खुला हुने भएको छ। बन्दी प्रत्यक्षीकरण, रिट निवेदनमा सुनुवाइ गर्न अदालत तिहार बिदामा खुला रहने भएको हो। कार्त्तिक २६ गतेदेखि ३० गतेसम्मका लागि न्यायाधीशहरुको जिम्मेवारी तोकेको छ।
सर्वोच्च अदालतका अनुसार कार्त्तिक २६ गते आइतबार न्यायाधीश प्रकाशमान् सिंह,कार्त्तिक २७ गते न्यायाधीश सपना प्रधान मल्ल,कार्त्तिक २८ गते न्यायाधीश हरिप्रसाद फुयाँल र कार्त्तिक ३० गते बिहीबार न्यायाधीश कुमार रेग्मीलाई जिम्मेवारी तोकिएको छ।
कार्त्तिक २९ गते भाइ टीकाका दिन भने अदालत बन्द रहनेछ। बन्दीप्रत्यक्षीकरणका लागि बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहनेछ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)