सुनको मूल्य तोलामा १ हजारले घट्यो
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज सुनको मूल्य तोलाको १ लाख १३ हजार ७ रुपैयाँ कायम भएको छ। तेजाबी सुन प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँ पुगेको छ।
शुक्रबार छापावाल सुन तोलाको १ लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्यसँगै चाँदी पनि घटेको छ। चाँदी २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३८० मा कारोबार भइरहेको महासंघले जनाएको छ।
अघिल्लो कारोबार साताको अन्तिम दिन शुक्रबार चाँदी तोलाको १४ रुपैयाँ पुगेको थियो।