बागलुङ कप टि २० क्रिकेटको उपाधि कास्कीलाई

बागलुङ कप टि २० क्रिकेटको उपाधि कास्कीलाई
सुन्नुहोस्

बागलुङ : गण्डकी प्रदेशस्तरीय ‘बागलुङ कप’ टी २० क्रिकेट प्रतियोगिताको उपाधि कास्कीले जितेको छ। शनिबार भएको फाइनल खेलमा नवलपुरलाई ८ विकटेले पराजित गर्दै कास्कीले उपाधि चुमेको हो। 

उपाधिका लागि ९१ रनको विजयी लक्ष्य पछ्याएको कास्कीले १५.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। कास्कीलाई उपाधि जिताउन मुस्कान थापाले २४ र अविशेक थापाले १७ रनको अविजित पारी खेले। कास्कीका लागि ओपनर किरण पौडेलले २३ र सिभरिन श्रेष्ठले २२ रन बनाए। 

नवलपुरका लागि कप्तान कमल परियार र शिशिर भुसालले १–१ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नवलपुर १८.४ ओभरमा ९० रनमा समेटिएको थियो। सुरुवातबाटै विकेट गुमाएको नवलपुरका लागि अनिश गुरुङले १७ रन, दीपक डुम्रेले १४ रन र अप्राजित पौडेलले १२ रन बनाएका थिए। अन्य ब्याट्सम्यानको सम्झना लायक प्रदर्शन रहेन। 

कास्कीको लागि कप्तान विपिन खत्रीले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए। सुवास भण्डारी र किरण पौडेलले २/२ र नितेश गिरी र अभिषेक थापाले १/१ विकेट लिए। प्रतियोगिताको उपाधि जितेको कास्कीले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्यो भने उपविजेता नवलपुरले ५० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ। 

यस्तै प्रतियोगितामा म्यान अफ दि सिरिज र उत्कृष्ट बलर कास्कीका कप्तान विपिन खत्री बनेका छन्। खत्रीले प्रतियोगितामा चार खेल खेल्दै १३ विकेट लिएका थिए भने ५० रन बनाएका थिए। उनले म्यान अफदी सिरिजको १० हजार रुपैयाँ र उत्कृष्ट बलरको ५ हजार रुपैयाँ प्राप्त गरे। तनहुँका दिनेश बुढा मगर उत्कृष्ट ब्याट्सम्यान बन्दै ५ हजार रुपैयाँ प्राप्त गरे। बुढाले प्रतियोगितामा १ सय १३ रन बनाएका थिए।

बागलुङ जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा नेपाल क्रिकेट संघमा आवद्ध रहेका गण्डकी प्रदेशका ६ जिल्लाको सहभागिता रहेको थियो। विजेता खेलाडीहरूलाई बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देल, बागलुङ जिल्ला क्रिकेट संघका अध्यक्ष विष्णुप्रसाद आचार्यले पुरस्कार वितरण गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.