![खेल](https://annapurnapost.prixacdn.net/media/albums/child-care_20220811100729_trqbsG3qtG_TH8DyTbf4m.jpg)
‘थैली किनिदेऊ बाबा’ भन्यौ
तिमी अझै रुन छोडेनौ,
घर बेचें, बारी बेचें, इमान बेचें
शरीरका वस्त्रहरू बेचेर
नांगो बनें
र हात्ती किनेर ल्याइदिएँ !
फेरि पनि रुँदै छौ तिमी
हतियार उठाउँदै छौ
आलाप–विलाप गर्दै छौ
र भन्दै छौ –
‘यो थैलीभित्र
हात्ती छिराइदेऊ बाबा !’
यो खेलमा
अब चाहिँ म हारें छोरा !
तिम्रो देशजस्तै नराम्ररी हारें !
-डा.विप्लव ढकाल
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)