नवलपरासीका मासु पसलमा सरसफाईको कमि

नवलपरासीका मासु पसलमा सरसफाईको कमि
सुन्नुहोस्

परासी : नवलपरासीमा सञ्चालित अधिकांश मासु पसलहरूमा सरसफाईको कमि देखिएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नवलपरासीले शुक्रबार गरेको अनुगमनका क्रममा केही पसलहरूले खुला ठाउँमा मासु राखेर बिक्री गर्ने गरेको र फ्रिज सफा नगरी मासु राख्ने लगायत सरसफाईमा ध्यान नदिएको पाइएको हो। 

अनुगमन टोलीले मासु पसलसँगै माछा पसल र एग्रोभेट पसलको समेत अनुगमन गरेको थियो। अनुगमनका क्रममा केही मासु पसलहरू सरसफाई राम्रो देखिए पनि स्वास्थ्यलाई हानी पुर्‍याउने अखाद्य वस्तु(रङ) प्रयोग गरेर राख्ने गरेको, पशु र पक्षीको मासुलाई छुट्टा छुट्टै राख्नुपर्ने भए पनि फ्रिजमा राख्दा सँगै राख्ने गरेको र लामो समयसम्म फ्रिजमा मासु राख्ने गरेको पाइएको विज्ञ केन्द्रका सूचना अधिकारी सुरेशप्रसाद मिश्रले जानकारी दिए। 

टोलीले सुनवल र बर्दघाट नगरपालिकाका १६ मासु पसल, ५ वटा एग्रोभेट र १ वटा मासु पसल गरी कुल २२ वटा पसलमा अनुगमन गरेको थियो। उक्त तीन प्रकृतिका पसलहरूमा गरेको अनुगमनका क्रममा केही पसलहरू नवीकरण नगरिएको र केही दर्ता बिना नै सञ्चालन भएको पाइएको हो। त्यस्तै पसल दर्ता एक व्यक्तिको नाउँमा रहे पनि अर्कैले पसल सञ्चालन गरेको पाइएको सूचना अधिकारी मिश्रले जानकारी दिए। केही एग्रोभेटहरू औषधि व्यवस्था विभागमा दर्ता गर्नु पर्ने भए पनि दर्ता बिना भएको पाइएको थियो। 

जिल्लामा ३९ मासु पसल, १२ माछा पसल र १९ वटा एग्रोभेटहरू दर्ता भई सञ्चालनमा रहेको पशुसेवा विज्ञ केन्द्रले जनाएको छ। दर्ता बाहेक पनि जिल्लाका विभिन्न स्थानमा माछा र मासु पसलहरू सञ्चालनमा रहेको कार्यालयले जनाएको छ। मापदण्डविपरीत सञ्चालनमा रहेका पसलहरूलाई प्रक्रिया पूरा गरेर सञ्चालन गर्न निर्देशन दिइएको पशुसेवा विज्ञ केन्द्रका प्रमुख श्रवण कुमार चौधरीले जानकारी दिए। 

यसैबीच अनुगमनका क्रममा व्यवसायीहरूले जिल्लाका विभिन्न स्थानमा लाग्ने हाट बजारमा खुला रूपमा माछा, मासु बिक्री गर्दा पनि अनुगमन नगरेको गुनासो गरेका थिए। खुला रूपमा सञ्चालन भएका माछा र मासु पसलहरूका कारण राज्यलाई कर तिरेर व्यवसाय सञ्चालन गरेकाहरूलाई मारमा पारेको भन्दै त्यस्ता पसलहरू बन्द गराउन अनुगमन टोलीसँग व्यवसायीहरूले माग गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.