इजरायलले गाजामा दैनिक ४ घण्टा युद्धविराम गर्ने

इजरायलले गाजामा दैनिक ४ घण्टा युद्धविराम गर्ने
सुन्नुहोस्

इजरायलले गाजामा अस्थायी युद्धविराम गर्न सहमत भएको अमेरिकाले जनाएको छ। युद्धविराम दैनिक चार घण्टामा सीमित हुनेछ।

ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीका अनुसार यस्तो अस्थायी युद्धविरामको घोषणा तीन घण्टा अगावै गरिने छ। उनले भने, 'हामीलाई इजरायलले युद्धविरामको अवधिमा यी क्षेत्रमा कुनै पनि सैन्य गतिविधि नहुने बताएको छ।'

यसअघि इजरायली सेनाले यी अल्पकालीन युद्ध विरामहरूलाई  पूर्ण युद्धविरामको रूपमा बुझ्ने गल्ती गर्न नहुने बताएको छ।

इजरायलले उत्तरी गाजाबाट सर्वसाधारणलाई दक्षिणी गाजातर्फ भाग्न दिन सहमत भएको अमेरिकाले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजाका मानिसहरूलाई बाहिर निस्कनलाई दिइएको यो विरामको प्रसंसा गरेका छन्।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीका अनुसार अमेरिकाले इजरायलसँग यस्तो सैन्य विरामको अवधि लम्ब्याउन वार्ता जारी राख्नेछ। गाजामा बन्धकहरूलाई मुक्त गर्न सुरक्षित मार्ग सुनिश्चित गर्न लामो सैन्य विराम आवश्यक पर्ने उनले बताएका छन्।

गाजामा रहेका करिब २४० इजरायली बन्धकहरूलाई रिहा गर्ने विषयमा केही सातादेखि वार्ता चलिरहेको र उनीहरूलाई रिहा गर्न कस्तो सम्झौता गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार वेस्ट बैंकमा पनि झडप भएको छ र जेनिन शरणार्थी शिविरमा इजरायली आक्रमणमा १४ प्यालेस्टाइनी मारिएको बताइएको छ।

इजरायली सेनाले गाजामा हवाई र जमिनमार्फत हमला गरिरहेको छ। बिहीबार आइडीएफले हमासका १३० वटा सुरुङ ध्वस्त पारेको दाबी गरेको छ। बीबीसी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.