नवलपरासीमा १० मेट्रिक टन आलुको बिउ वितरण

नवलपरासीमा १० मेट्रिक टन आलुको बिउ वितरण
सुन्नुहोस्

परासी : कृषि ज्ञान केन्द्र नवलपरासीले आलुको बिउ वितरण गरेको छ। कृषिमा किसानहरूलाई आत्मनिर्भर बनाउनका लागि बर्दघाट नगरपालिका–१५ मा आलुको बिउ वितरण गरिएको केन्द्रले जनाएको छ। 

उक्त वडाको तेलहा, पोटहा क्षेत्रमा व्यावसायिक आलु हुँदै आएको छ। सोही क्षेत्रमा आलु खेती गर्नका लागि नगरप्रमुख शम्भुलाल श्रेष्ठलाई १० मेट्रिक टन बिउ हस्तान्तरण गरेको ज्ञान केन्द्रका बागवानी विकास अधिकृत तथा सूचना अधिकारी समिर मगरले बताए। 

स्थानीय मनकामना कृषक समूह (महिला समूह) ले सातवटा कलस्टर गरेर उत्पादन गर्ने छ। आलु खेती ६ सय कठ्ठा (२० हेक्टर)मा गरिने छ। त्यस क्षेत्रमा पहिला सामान्य व्यावसायिक तरिकाले आलु खेती लगाउने गरिएको थियो। 

अहिले केन्द्रले सघन रूपमा आलु खेती विस्तार गरेर बिउ वितरण गरेको सूचना अधिकारी मगरले बताए। वितरण गरिएको आलुको बिउ कार्डिनल जातको हो। बिउसँगै डाइहिथिन–४५ विषादी पनि वितरण गरिएको छ। 

उक्त विषादीले आलुलाई फंगल रोगबाट बचाउने ज्ञान केन्द्रले जनाएको छ। त्यस क्षेत्रमा उत्पादन भएको आलुलाई बजारसम्म ल्याउन र नगरको कृषि उपज केन्द्रमा निःशुल्क भण्डारणको व्यवस्था मिलाइने नगर प्रमुख श्रेष्ठले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.