डोटीका स्थानीय तहले जाजरकोटाका भूकम्प प्रभावितलाई सहयोग गर्ने

डोटीका स्थानीय तहले जाजरकोटाका भूकम्प प्रभावितलाई सहयोग गर्ने
सुन्नुहोस्

डोटी : डोटीका स्थानीय सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्पबाट प्रभावितहरुलाई सहयोग गर्ने भएका छन् । नौवटा स्थानीय तहमध्ये चारवटा स्थानीय तहले विज्ञप्ति जारी गर्दै सहयोग गर्ने घोषणा गरेका छन् । 

डोटीको शिखर नगरपालिका,आदर्श गाउँपालिका,बोगटान फुड्सिल गाउँपालिका, सायल गाउँपालिकाले दुई/दुई लाख सहयोग गर्ने भएका हुन् । जाजरकोट र रुकुमपश्चिम जिल्ला विपद् व्यवस्थापन समितिको राहत कोषमा जम्मा हुने गरी एक/एक लाख रुपैयाँ दिने चारवटै पालिकाले विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।

त्यसैगरी डोटी उद्योग बाणिज्य संघले पनि भूकम्प प्रभावितलाई सहयोग गर्ने उद्देश्यले राहत संकलन अभियानै सञ्चालन गरेको छ । राहत संकलन अभियानबाट जेजस्तो सहयोग संकलन हुन्छ सो संकलित सहयोग दुवै जिल्लाका भूकम्प प्रभावितलाई हस्तान्तरण गरिने बाणिज्य संघका अध्यक्ष बिक्रम साउँद (घटाल)ले जानकारी दिए ।

शुक्रबार राति जाजरकोटको बारेकोट गाउँपालिका -१ रामीडाडाँ केन्द्रबिन्दु भएर गएको ६दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ ।

भूकम्पमा परी जाजरकोट र पश्चिम रुकुममा १५७ जनाको मृत्यु भएको छ भने करिब दुईसय जना घाइते भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.