इजरायलमा मारिएका डोटीका दुई विद्यार्थीको शव परिवारलाई बुझाइयो

इजरायलमा मारिएका डोटीका दुई विद्यार्थीको शव परिवारलाई बुझाइयो

डोटी : प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परी मुत्यु भएका डोटीका दुई विद्यार्थीको शव गृह जिल्ला आइपुगेको छ।

शव नेपाली सेनाको स्काई एम्बुलेन्स एनए २०६४ मार्फत आइतबार दिउँसो करिब ३ बजे डोटी पुर्‍याइएको हो। शिखर नगरपालिका–६ चुँडीका राजन फुलारा र आदर्श गाउँपालिका–५, पीडका पदम थापाको हमास आक्रमणमा मृत्यु भएको थियो।

दिपायल विमानस्थलमा दुवै शवहरू आफन्तले बुझेका छन्। शव बुझ्नका लागि आफन्तहरूसँगै शिखर नगरपालिकाका नगर प्रमुख दीर्घबहादुर बलायर र आदर्श गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खड्का डोटीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल प्रहरी प्रमुख विमानस्थल पुगेका थिए।

मृतकहरूका शवलाई प्रहरी निरीक्षकको टोलीले स्कटिङ गरी घरसम्म पुर्‍याएको छ। दुवै शवको सोमबार मात्रै दाहसंस्कार हुने आफन्तहरूले जानकारी दिएका छन्। थापाको आदर्श गाउँपालिका-५ तलारास्थित सेती नदीमा र फुलाराको शिखर नगरपालिका-६ अडेउलस्थित सेती नदीमा दाहसंस्कार हुनेछ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको टीकापुर कृषि क्याम्पसमा स्नातक तह आठौं सेमेस्टरमा अध्ययनरत थापा र फुलारा सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत भाद्र २६ गते इजरायल पुगेका थिए। उनीहरूको असोज २० गते हमासको आक्रमणमा परी मृत्यु भएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.