हमासको नियन्त्रणमा रहेका विपिनलाई उद्धारको माग गर्दै महेन्द्रनगरमा प्रदर्शन

हमासको नियन्त्रणमा रहेका विपिनलाई उद्धारको माग गर्दै महेन्द्रनगरमा प्रदर्शन
सुन्नुहोस्

महेन्द्रनगर : प्यालेस्टिनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का विपिन जोशीको सकुशल उद्धारको माग गर्दै आइतबार महेन्द्रनगरमा प्रदर्शन गरिएको छ।

विपिनका परिवारसँगै आफन्तले जोशीको रिहाइका लागि माग गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीमार्फत परराष्ट्र मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्। 

विपिनका बुवा महानन्द जोशीले नेपाल सरकार, संयुक्त राष्ट्र संघ र मानव अधिकारवादी संघ संस्थाहरूले तत्काल छोराको उद्धार गर्नुपर्ने बताए। 'हामीलाई अझै आशा छ सरकारले छोरालाई सकुशल उद्धार गर्नेछ,' महानन्दले भने, 'हामी विपिनको पर्खाइमा छौं।' उनले तिहार अगावै छोराको उद्धार गरेर घर ल्याइदिन आग्रह गरे। 

र्‍यालीमा जोशीका बुवासँगै आमा पदमा र बहिनी पुष्पा पनि सहभागी थिइन। 'आफ्नै छोरा सम्झेर जस्तो अवस्थामा भए पनि ल्याइदिनुस्।' आमा पदमाले भक्कादिनै भनिन्, 'जतिसक्दो चाडो छोरा नेपाल आओस्।' महेन्द्रनगरको मदन चोकबाट सुरु गरिएको र्‍याली बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेर समापन गरिएको हो। 

प्रशासनमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पनि बुझाइएको छ। ज्ञापनपत्र बुझ्दै प्रजिअ गोपालकुमार अधिकारीले विपिनको उद्धारका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताए।

इजरायली सरकारले हालै जोशी हमास समूहको नियन्त्रणमा रहेको पुष्टि गरेपछि उनको परिवारमा केही आशा पलाएको छ। सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायमा अध्ययनरत जोशी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत भदौमा इजरायल गएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.