डोटीमा पहिलो पटक व्यवसायीक रूपमा फूल खेतीको सुरुवात

डोटीमा पहिलो पटक व्यवसायीक रूपमा फूल खेतीको सुरुवात
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

डोटी : डोटीमा पहिलो पटक व्यवसायीरूपमा फूल खेतीको सुरुवात गरिएको छ । डोटीको शिखर नगरपालिका- ८ तिलतालीका एक युवाले फूल खेतीलाई व्यवसायीकरूपमा सुरुवात गरेका हुन् ।

नयाँ सोचका साथ समाजमा युवाहरूले नयाँ काम गरेर देखाउनुपर्छ भन्ने हेतुले फूल खेतीको सुरुवात गरेको व्यवसायी लोकेश रावलले बताए । 

जिल्लामा पहिलो पटक फूल खेतीको सुरुवात गरेका रावलले चितवनबाट ८ सय सयपत्री टेनिस बल जातको फूलका बोटा ल्याइ खेती सुरु गरेका हुन् । दसैं तिहारलाई लक्षित गरेर पहिलो पटक फूल खेतीको सुरुवात गरेको रावलले बताए ।

आफ्नै घर नजिक एक रोपनी जग्गामा फूल खेती गरेका रावल आगामी वर्षहरूमा यसलाई बढाएर अन्य नयाँनयाँ जातका फूलहरुको खेती गर्ने सोच रहेको बताए । उनले भने,‘म कृषि क्षेत्रमा नितान्तरूपमा सिकारु छु, युवाहरूले आफ्नो ठाउँमा केही गर्नुपर्छ भन्ने सोचका साथ केही नयाँ काम गर्नेछु,युवाहरूले नै नयाँ व्यवसायको सुरुवात गर्नुपर्छ ।’

कास्की पोखरामा बीबीए पढेर नेटवर्किङमा काम गरिरहेका रावलले भारतीय बजारमा रहेका कृत्रिम फूलका माला र नेपाली बजारमा रहेका खादाहरूलाई विस्थापित गर्न फूल खेती आवश्यक रहेको समेत बताए । रावलले हाल आफ्नो बारीमा फूलेको फूल र मालाहरू बिक्री गर्न सुरुवात गरिसकेका छन् । प्रति किलो फूललाई ५ देखि ६ सयका दरले विक्रीवितरण गरिरहेको बताए ।

डोटीमा फूल खेतीको राम्रो सम्भावना रहेको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गङ्गादत्त अवस्थीले बताए । विभिन्न प्रयोजन, दसैं तिहार,मेला महोत्सवलाई केन्द्रित गरी फूलहरू उत्पादन गर्न सके पहाडी जिल्लामा राम्रो सम्भावना रहेको अवस्थीले बताए ।

उनले भने बजारमा आवश्यकता अनुसार फूल फुलाउन सक्यो भने समस्या हुँदैन,फूल धेरै दिन टिक्दैन त्यसैले फूलको बजारीकरणमा स्थानीय सरकारले पनि सहयोग गर्न आवश्यक रहेको समेत उनले बताए । स्थानीय सरकारले खादाको सट्टा फूलका मालाको प्रयोग गर्ने नीति अवलम्बन गर्न आवश्यक रहेको अवस्थीले बताए ।

अहिलेको समयमा विभिन्न सभा समारोह स्थल सजाउन,अतिथिको स्वागत,दसैं तिहार,मेला,महोत्सव,न्वारानदेखि घाटसम्म र मन्दिरदेखि घरसम्म सयपत्री फूलको प्रयोग हुँदै  आएको छ।  स्थानीय सरकार र विभिन्न सघ संस्थाहरूले सञ्चालन गर्ने औपचारिक कार्यक्रम,मेला महोत्सवमा खादा लगाउनुको सट्टा  फूलको मालालाई प्राथमिकता दिन सकियो भने फूल खेतीको प्रवल सम्भावना रहेको देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.