सडकमार्गबाट एकै सातामा करिब चार सय विदेशी पर्यटक सोलु भित्रिए

सडकमार्गबाट एकै सातामा करिब चार सय विदेशी पर्यटक सोलु भित्रिए
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

सोलुखुम्बु : सडकमार्गबाट एकै हप्ता झण्डै चार सयजना विदेशी पर्यटक सोलुखुम्बु जिल्ला भित्रिएका छन् । पछिल्लो एक सातामा गाडीमार्फत् २४३ पुरुष र १०८ जना महिला गरी ३५१ जना विदेशी पर्यटक जिल्ला भित्रिएको ट्राफिक प्रहरी पोष्ट पत्तालेले जनाएको छ । 

सोही अवधिमा ५६ महिला र ६१ पुरुष गरी ११७ जना विदेशी पर्यटक स्थलमार्गको प्रयोग गरी बाहिरिएका छन् । पर्यटकीय सिजन भएकाले विदेशीहरु काठमाडौंबाट स्थलमार्गमार्फत् सल्लेरी हुँदै सगरमाथा क्षेत्र जाने क्रम बढिरहेको ट्राफिक प्रहरी जिवन बस्नेतले जानकारी दिए । 

कतिपय पर्यटक गाडी नै रिजर्भ गरेर आउने गरेको उनको भनाइ छ । सल्लेरीबाट थामडाँडासम्म सडक सवारी सञ्चालन भएसँगै काठमाडौंबाट स्थलमार्ग हुँदै सगरमाथा क्षेत्र भ्रमणमा पुग्ने विदेशीको संख्या बढिरहेका छन् ।

 काठमाडौंबाट खुम्बु आउने पर्यटकहरुका लागि रामेछापको मन्थलीबाट लुक्ला उडान भइरहेका छन् । तर काठमाडौंबाट मन्थली र त्यहाँबाट लुक्ला जान झन्जट हुने भन्दै कतिपय पर्यटक सडकमार्गको प्रयोग गर्न रुचाउन थालेका छन् । 

मन्थलीबाट समयमा उडान नहुने र त्यहाँ उपयुक्त खान बस्नको समेत व्यवस्था नहुँदा पर्यटकलाई सास्ती हुने गरेको व्यवसायी बताउँछन् । काठमाडौंबाट गाडीमा आउने पर्यटकहरु एकैदिनमा सल्लेरी पुग्छन् । सो दिन सल्लेरी तथा फाप्लुमा बास बसेर भोलिपल्ट त्यहाँबाट खुम्बु पासाङ ल्हामु गाउँपालिका १ को थामडाँडासम्म बोलेरोमा जाने गरेका छन् । 

थामडाँडाबाट केही घण्टाको पदयात्रा पश्चात लुक्ला पुगेर बास बस्ने गरेको यातयात व्यवसायी राम बहादुर विश्वकर्माले बताए । खुम्बु जाने विदेशीको संख्या बढेसँगै सल्लेरी–थामडाँडा चल्ने गाडीको व्यवस्ता पनि बढेको उनको भनाइ छ । 

सल्लेरीबाट थामडाँडासम्मको सडक कच्ची रहेकाले बोलेरो (फोविल) मात्रै सञ्चालन हुने गरेको छ । यद्यपी सल्लेरीबाट खुम्बु जाने सडक कालोपत्रेको काम भने भइरहेको जनाइएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.