स्रोत नखुलेको साढे १६ लाखसहित एक पक्राउ

स्रोत नखुलेको साढे १६ लाखसहित एक पक्राउ

परासी : स्रोत नखुलेको १६ लाख ५० हजार नेपाली रकमसहित एक जनालाई बिहीबार दिउँसो एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका-२ हरपुरका २५ वर्षीय इमरान खान रहेका छन्।

भारतीय सीमावर्ती क्षेत्र महेशपुरबाट परासीतर्फ लु ९० प ७८८५ नम्बरको मोटरसाइकलबाट आउँदै गरेका उनलाई शंका लागि चेकजाँच गर्ने क्रममा रामग्रामको उजैनीबाट उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहराले जानकारी दिए। 

कालो ब्यागमा राखेर ल्याउँदै गरेको अवस्थामा बरामद भएको रकम १ हजार दरका ७ सय र ५ सय दरका १९ सय थान रहेको छ। पक्राउ परेका खानलाई रकमसहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको डीएसपी बोहराले बताए। 

सीमावर्ती भारतीय बजारमा नेपाली नोटको कारोबार हुने गरेको छ।  नेपालबाट भारतमा  कारोबार गर्ने नेपाली व्यापारीलाई रकम बुझाउन वा भारतीय रकम साट्नका लागि भारतीय व्यापारीहरूसँगबाट उक्त रकम ल्याइएको हुन सक्ने आशंका गरिएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.