खुम्बु भ्रमण गर्ने पर्यटकको संख्या ८६ प्रतिशतले बढ्यो

खुम्बु भ्रमण गर्ने पर्यटकको संख्या ८६ प्रतिशतले बढ्यो
फाइल तस्बिर।
सुन्नुहोस्

सोलुखुम्बु : विश्वको प्रमुख पर्यटकीय गन्तव्य सोलुखुम्बुको खुम्बु क्षेत्रमा पुग्ने पर्यटकको सङ्ख्यामा ८६ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को भदौ महिनाको तुलनामा असोजमा सोलुखुम्बुको खुम्बु भ्रमण गर्ने पर्यटकको सङ्ख्या ८६ . ५ प्रतिशतले वृद्धि भएको हो। 

सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्यांक अनुसार भदौमा १ हजार ३ सय २४ पर्यटक सगरमाथा क्षेत्र पुगेका थिए भने असोजमा ९ हजार ८ सय १० पर्यटकले खुम्बु क्षेत्र भ्रमण गरेका छन्। जुन संख्यात्मक हिसाबले ८ हजार ४ सय ८६ ले र प्रतिशतको हिसाबले ८६.५ प्रतिशतले बढी हो। 

असोजमा खुम्बु पुग्ने पर्यटकमध्ये ८ हजार ५ सय ५१ विदेशी र १ हजार २ सय ५९ नेपाली रहेको निकुञ्जका सुचना अधिकारी मनोज कुमार मण्डलले जानकारी दिए। जसबाट निकुञ्जले एकै महिनामा २ करोड १० लाख ५४ हजार ४ सय ७ रुपैयाँ ५४ पैसा राजस्व सङ्कलन गरेको सुचना अधिकारी मण्डलले बताए। त्यस्तै साउन महिनामा भने २ सय ८ पर्यटक खुम्बु भित्रिंदा ६ लाख ५६ हजार २ सय ७४ रुपैयाँ ३६ पैसा राजस्व सङ्कलन गरिएको छ। 

सगरमाथा राष्ट्रिय निकुञ्जले सार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति १ हजार ५ सय, अन्य मुलुकका पर्यटकबाट ३ हजार, र नेपाली पर्यटकबाट १ सय रुपैयाँ प्रवेश शुल्क लिने गरेको छ।  चालु आर्थिक वर्षको पहिलो ३ महिना श्रावन, भाद्र र असोज सम्ममा  ११ हजार ३ सय ४२ पर्यटक  सगरमाथा क्षेत्रको भ्रमण गरेका छन्। 

जसमा १ हजार ४ सय ५९ नेपाली, १ हजार ४ सय १९ सार्क मुलुकका र ८ हजार ४ सय ६४ अन्य मुलुकका विदेशि पर्यटक रहेका छन्।  जसबाट २ करोड ५१ लाख ५ हजार ८ सय ९२ रुपैया ४ पैसा राजस्व सङ्कलन भएको छ। वि.सं २०३२ सालमा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्जलाई सन् १९७९ देखि विश्वसम्पदा सूचीमा समावेश गरिएको छ।

यसको क्षेत्रफल १ हजार १ सय ४८ वर्ग कि.मि रहेको छ। यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथा सहित ६ हजार मिटर भन्दा अग्ला ल्होत्से, नुप्से, चोयु जस्ता हिमचुचुराहरु समेत छन्। यस निकुञ्जन भित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.