महासचिव गुटेरेसको सम्बोधन नेपालको पक्षमा : ओली (भिडियो)
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संसदमा गरेको सम्बोधन नेपालका लागि निकै राम्रो भएको बताएका छन्।
मंगलबार संसद भवनमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै ओलीले नेपालको शान्तिप्रक्रियादेखि जलवायु परिवर्तन लगायतका बिषयमा महासचिव गुटेरेसले व्यक्त गरेको अभिव्यक्ति निकै राम्रो भएको बताए।
नेपालको राम्रो मूल्याङकन गरेको, विपन्न राष्ट्रहरूलाई सम्पन्न राष्ट्रहरूले सहयोग गर्नुपर्ने तथा जलवायु परिवर्तनको असरमा नेपालको सजकताको गुटेरेसले बिशेष प्रशंसा गरेको उनको भनाइ छ।
ओलीले पीडितलाई न्यायका साथै सर्वोच्च अदालतको आदेश र अन्तर्राष्ट्रिय मान्यताअनुसार शान्ति प्रक्रियालाई छिटो टुंगोमा पुर्याउन सुझाव दिएको भन्दै पार्टीले समेत धन्यवाद दिने बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)