नेपालको शान्ति प्रक्रिया टुंग्याउन राष्ट्रसंघले सहयोग गर्छ : महासचिव गुटेरेस (भिडियो)
काठमाडौं : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको शान्ति प्रक्रिया टुंग्याउन राष्ट्रसंघले सहयोग गर्ने बताएका छन्। मंगलबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा महासचिव गुटेरेसले संक्रमणकालीन न्याय टुंग्याउन नेपाललाई एक्लै संभव नभएको भन्दै यसमा राष्ट्रसंघले सहयोग गर्ने बताएका हुन्।