४ लाख ६५ हजार नगदसहित ९ जुवाडे पक्राउ
![४ लाख ६५ हजार नगदसहित ९ जुवाडे पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/Pakrau_arrest_20211205143058_SiHn62yJke_yZIcW1zc5E.jpg)
हेटौंडा : मकवानपुरको हेटौंडाबाट ४ लाख ६५ हजार ३९० रुपैयाँ नगदसहित जुवा खालबाट ९ जना पक्राउ परेका छन्।
हेटौंडा उपमहानगरपालिका–७ स्थित देवीबन टोलको एक घरमा बिहीबार राति छापा मारेर प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए।
देवीबनका गोकुलनाथ पौडेलको घरमा अवैध रुपमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले छापा मारेर ९ जना जुवाडेसहित ४ लाख ६५ हजार ३९० रुपैयाँ नगद बरामद गरेको प्रवक्ता भण्डारीले बताए।
पक्राउ परेकाविरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा दायर गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)