बागलुङका पर्यटकीस्थलमा पर्यटकको चहलपहल

बागलुङका पर्यटकीस्थलमा पर्यटकको चहलपहल

बागलुङ : चाडबाड सुरु भएसँगै बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल सुरु भएको छ। वर्षा याममा सुनसान बनेका पर्यटकीय क्षेत्रमा दसैं सुरु भएपछि पर्यटकको चहलपहल बढेको हो। 

यो समयमा मानिसको फुर्सद हुँदा घुमफिरमा निस्किएको पाइन्छ। बागलुङको मुख्य धार्मिक पर्यटकीयस्थलका रूपमा रहेको बागलुङ कालिका मन्दिरमा घटस्थापनाका दिनदेखि नै भक्तजनको घुइँचो लागेको थियो। दशमीसम्म यहाँ आउने भक्तजनको भीड नै लाग्ने गर्छ। 

बागलुङ कालिका मन्दिरसँगै नेपालको सबैभन्दा लामो बागलुङको बांगेचौर र पर्वतको पाङ जोड्ने झोलुंगे पुल, पञ्चकोट, शालीग्राम संग्राहालय, ढोरपाटनलगायत गन्तव्यमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति हुन थालेको छ। 

नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पनि यो समयमा धेरै बाह्य पर्यटक आएको स्थानीय निमबहादुर घर्तीले बताए। अघिल्लो वर्षको तुलनामा यो वर्ष धेरै पर्यटक भित्रिएका उनले बताए। ढोरपाटनमा पर्यटकका लागि आवास र भोजनको उचित व्यवस्थापन हुन थालेपछि पाहुना बढ्दै गएका हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.