गेटामा सय शय्याको अस्पताल सञ्चालनमा

गेटामा सय शय्याको अस्पताल सञ्चालनमा

धनगढी : लामो समयको रस्साकस्सीपछि कैलालीको गेटामा बुधबारबाट एक सय शय्याको अस्पताल सुरु भएको छ। गेटामा ६ सय शय्याको अस्पताल भवन, कलेज भवन र आवास गरी झण्डै साढे ६ अर्बका संरचना निर्माण भइसकेका छन्।

 
कम्तीमा पनि ३ सय शय्याको अस्पताल सञ्चालन गरी एमबीबीएसको पढाई हुनुपर्ने आशा गरिएका बेला सय शय्यामात्र सुरु भएपछि मेडिकल कलेज हुने वा नहुनेमा अन्यौलता भने कायमै छ। 

बुधबार पहिलो दिन १८ जना विरामीले विभिन्न प्रकारका ओपीडी सेवा लिएका छन्। सुरुवात गर्दा अहिले ओपीडी सेवाहरूमात्रै सुचारु भएका हुन्। बुधबारदेखि जनरल ओपीडी, हाडजोर्नी तथा नसारोग, स्त्री रोग, जर्नल सर्जरीको ओपीडी, अल्ट्रा साउण्ड सेवा, एक्सरे सेवा प्रयोगशाला सेवा र फार्मेसी सञ्चनलनमा आएका हुन्।

‘सबै सेवाहरू अहिले नै सञ्चालन गर्न नसकिए पनि ‘ब्रेक थ्रो’ गर्नै पर्थ्यो। हामीले वर्षभरिको योजना बनाएर सेवाहरु सुचारु गरेका छौं,' अस्पतालका निर्देशक डा. प्रमोद जोशीले भने। डाक्टर जोशी बीर अस्पतालमा रहेको ट्रामा सेन्टर पनि सञ्चालन गरेर गेटामा आएका अनुभबी डाक्टर हुन्।
 
‘हामीले ओपीडी सेवा सुरु गरिसक्यौं। कात्तिकभित्र एमसिएच क्लिनिक सुरु गर्ने योजना छ। मंसिरभित्र खोप सेवा र अन्तरंग सेवा, पुसभित्र इमरजेन्सी र प्रसुती सेवा, चैतभित्र शल्यक्रिया सेवा र वैशाखभित्र आइसीयु र एनआइसीयु सेवा सञ्चलान गर्ने योजना बनाएका छौं,' उनले भने। 

कैलालीको गेटामा २०६६ साल देखि मेडिकल कलेजका पूर्वाधारहरु निर्माण हुन थालेका हुन्। २०७८ साल देखि नै मेडिकल शिक्षाको पढाई हुने लक्ष्य राखिएको भए पनि मेडिकल कलेज, प्रतिष्ठान वा मेडिकल विश्वविद्यालय के बनाउने? भन्ने कुरामा विवाद हुँदा अहिलेसम्म सञ्चालन हुन सकेको थिएन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.