नवलपरासीमा चाडपर्व लक्षित एकीकृत सुरक्षा योजना

नवलपरासीमा चाडपर्व लक्षित एकीकृत सुरक्षा योजना
सुन्नुहोस्

परासी : दसैं नजिकिएसँगै नवलपरासीमा एकीकृत सुरक्षा योजना लागु गरेर गस्ती र चेकजाँच कार्यलाई अघि बढाइएको छ। 

यो योजना छठपर्वसम्म सञ्चालन हुने छ। चाडपर्वमा बढ्न सक्ने चोरी, डकैती, लुटपाट तथा शान्ति सुरक्षामा हुन सक्ने खलललाई मध्यनजर गर्दै यो योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहराले बताए। 

योजनाअन्तर्गत नियमित रूपमा अहिले परिचालन हुँदै आएका प्रहरीबाहेक बाहिरी जिल्लाबाट थप मद्दत मगाएर गस्ती र चेकजाँच कार्यलाई बढाइएको बोहराले बताए। लामो तथा छोटो दूरीमा चल्ने सवारी साधनको चेकजाँचदेखि सीमा क्षेत्रमा हुने आवतजावतलाई समेत निगरानी गरी सुरक्षा व्यवस्था कायम गर्न सादा पोशाकका प्रहरीसमेत खटाइएको प्रहरीले जनाएको छ। 

बैंक, वित्तीय संस्था, सुनचाँदी पसललगायत आर्थिक कारोबार बढी हुने क्षेत्रमा पनि सादा पोशाक र युनिफर्मका प्रहरीहरू परिचालन गरिएको छ। 

सवारी साधनको पेट्रोलिङलाई बढाइएको प्रहरीले जनाएको छ। त्यस्तैगरी लागूऔषध, हातहतियार र अवैध गतिविधि नियन्त्रण गर्न सीमा क्षेत्रमा कुकुरबाट चेकजाँचको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। अपराधका घटना र दुर्घटनामा तत्काल उद्धारका लागि ‘ क्विक रेस्पोन्स टिम’(क्यूआरटी) परिचालन गर्नुका साथै राजमार्ग र हुलाकी राजमार्गमा हतियारसहितको क्रस पेट्रोलिङ सञ्चालन गरिएको प्रहरीले जनाएको छ। 

५ स्थानमा यात्रु सहायता कक्ष

चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालयले जिल्लाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ। चाडपर्वमा सवारी साधनको चाप बढी हुने भएकाले यात्रुहरूलाई सहज र सुरक्षित आवागमनमा सहजीकरण गर्न सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी बोहोराले बताए। 

यात्रुहरूसँग बढी भाडा असुल्ने, गन्तव्यसम्म नपुर्‍याई बीच बाटोमै अलपत्र पार्ने, सिटभन्दा बढी यात्रु राख्ने र यात्रुहरूका सामान छुट्न गई अलपत्र भएमा सहायता कक्षले सहजीकरण गर्ने छ। सार्वजनिक यातायातमा लुटपाटका घटनासमेत हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सवारी साधनहरूमा सादा पोशाकका प्रहरीलाई खटाइएको प्रहरीले जनाएको छ। 

यात्रुहरूका अन्य कुनै गुनासा भएमा सोझैं सम्पर्क गर्ने गरी सञ्चालनमा ल्याइएका सहायता कक्ष पूर्व पश्चिम राजमार्गको बर्दघाट, भूमही र सुनवलमा राखिएको छ। त्यसैगरी परासीको भैरहवा–भूमही खण्डमा पर्ने बाइपास रोड र सीमावर्ती क्षेत्र महेशपुरमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। ती स्थानहरूमा चौबिसैं घण्टा नेपाल प्रहरीसँगै ट्राफिक प्रहरीको चेकजाँच र निगरानी रहने छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.