नवलपरासीका स्थानीय तहले ५ करोड विद्युत महशुल तिर्न बाँकी

नवलपरासीका स्थानीय तहले ५ करोड विद्युत महशुल तिर्न बाँकी
सुन्नुहोस्

परासी : नवलपरासीका स्थानीय तहले विद्युत महशुलबापत ५ करोड रुपैयाँ विद्युत प्राधिकरणलाई तिर्न बाँकी रहेको छ। 

सडकबत्ती प्रयोग गरेबापत उनीहरूले उक्त रकम तिर्न बाँकी रहेको नेपाल विद्युत प्राधिरकरणले जनाएको छ। जिल्लामा ७ स्थानीय तह छन्। महशुल तिर्न बाँकी रहेका स्थानीय तहहरूले ४५ दिनभित्र बक्यौता रकम भुक्तानी नगरे कानुनबमोजिम कारबाही गरिने प्राधिकरणले जारी गरेको सूचनामा जनाइएको छ। सात वटा पालिकाको कूल ४ करोड ९३ लाख ८२ हजार बक्यौता रकम तिर्न बाँकी रहेको देखिएको छ। जसमा सबैभन्दा बढी रामग्राम नगरपालिकाको ३ करोड २९ लाख बक्यौता रकम छ। 

परासी वितरण केन्द्रबाट विद्युत प्रयोग गरेबापत रामग्रामले उक्त रकम तिर्न बाँकी रहेको हो। सुनवल नगरपालिकाले परासी वितरण केन्द्रबाट ७२ लाख ३८ हजार र बर्दघाट वितरण केन्द्रबाट १६ हजार रुपैयाँ गरी कुल ७२ लाख ५४ हजार विद्युत महशुल तिर्न बाँकी छ। बर्दघाट नगरपालिकाले बर्दघाट वितरण केन्द्रबाट ३६ लाख ८२ हजार बराबरको विद्युत उपभोग गरेबापतको महशुल तिर्न बाँकी छ। 

प्रतापपुर गाउँपालिकाले बर्दघाट वितरण केन्द्रबाट ८ लाख ८३ हजार र परासी वितरण केन्द्रबाट ८ लाख ३ हजार गरी कूल १६ लाख ८६ हजार महशुलबापतको रकम तिर्न बाँकी  छ। त्यस्तै पाल्हीनन्दनले परासी वितरण केन्द्रबाट विद्युत उपभोग गरेबापत कूल १५ लाख ६५ हजार महशुल तिर्न बाँकी छ। सरावल गाउँपालिकाले परासी वितरण केन्द्रबाट १२ लाख ६ हजार र बर्दघाट वितरण केन्द्रबाट ३ लाख ४५ हजार गरी कुल १५ लाख ५१ हजार विद्युत महशुल तिर्न बाँकी छ। सुस्ता गाउँपालिकाले परासी वितरण केन्द्रबाट उपभोग गरेबापत कूल ७ लाख ४ हजार विद्युत महशुल तिर्न बाँकी रहेको विद्युत प्राधिकरणले निकालेको सूचनामा जनाइएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.