एनआरएन अध्यक्षमा आरके शर्माको उम्मेदवारी
![एनआरएन अध्यक्षमा आरके शर्माको उम्मेदवारी](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_PnpsnGIsi9_ckTnSxVgjS.jpg)
साउदी अरेबिया : गैरआवासीय नेपाली संघको ११औं विश्व सम्मेलनमा राजेन्द्रकुमार(आरके) शर्माले अध्यक्षमा उम्मेदवारी दिएका छन्।
अन्नपूर्णकर्मीसँग कुरा गर्दै उनले अब हुने( २०२३-२०२५) कार्यकालका लागि एनआरएन केन्द्रीय अध्यक्षका लागि उम्मेदवारी घोषणा गर्दै आजको एनआरएन सबैलाई मिलाएर लैजाने र प्रवासमा काम गर्ने नेपालीहरूलाई सम्बृद्धि बनाउने नै प्रमुख एजेन्डा रहेको बताए।
उनले एनआरएन ले नेपाली श्रमिकको हक हितका लागि केन्द्रित भएर काम गर्ने र वैदेशिक रोजगारी क्रममा मध्यपूर्व तथा अन्य राष्ट्रमा पुगेका नेपाली श्रमिकले झेल्नुपरेको चरम दुःखलाई सहजीकरण गर्ने बताए।
उनले श्रमिकका मुद्दालाई मुख्य एजेण्डा बनाएका छन भने हाल मध्यपूर्व, मलेसिया, कोरिया, युरोपमा ३० लाखभन्दा बढी श्रमिकहरू कार्यरत रहेका श्रमिकका मुद्दा र विश्वमा रहेका लाखौ गैरआवासीय नेपालीहरूको मुद्दा उठाएका छन्।
हाइट्रो तथा डाटा सेन्टर स्थापना गरी समृद्ध नेपाल बनाउन तथ सहयोग रहने र दोस्रो विश्वयुद्धबाट बाहिरिएका नेपालीलाई स्वदेश फिर्ता गराउने वातावरण सिर्जना गर्ने बताए।
नेपाली श्रमिकका सवालमा राष्ट्रिय अर्थतन्त्रमा ओझेलमा परेको उनीहरूको योगदानका साथै उनीहरूका परिवारको जीवनमा तात्विक परिवर्तनको आवश्यकता, वैदेशिक रोजगारीको सामाजिक र पारिवारिक प्रभाव, सुरक्षित आप्रवासन, नीति तथा कार्यान्वयन मा जोड दिने बताए।
हरेक वर्ष १३ खर्ब रेमिट्यान्स नेपाल पठाउने मलेसिया तथा मध्यपूर्वका देशमा रहेका करिब २२ लाख हरियो पासपोर्टधारी र अन्य राष्ट्रमा रहेका नेपाली कामदारहरूलाई नेपालीका सामाजिक सुरक्षा, वैध बाटोबाट रेमिटेन्स पठाउने सहजीकरण, नेपाली श्रमिकको न्यूनतम तलब निर्धारण , सुरक्षा तथा वीमा, मानव तस्करी रोकथाम,राहत तथा उद्धार, खाडीका नेपाली व्यवसायी र श्रमिकको क्षमता तथा साख अभिवृद्धि, नेपालको पर्यटन र विकासमा गैरआवासीय नेपालीको लगानी र योगदान , गैर खाडी राष्ट्रका गैर आवासीय नेपालीको नागरीकताका मुद्दा बोक्ने लगायतका एजेण्डा रहेको बताए।
गैरआवासीय नेपाली संघको ११ औं विश्व सम्मेलन तथा महाधिवेशन अक्टोबर १६ देखि २० तारिखसम्म काठमाडौंमा हुँदैछ। सो सम्मेलनमा अध्यक्षको होडबाजीमा बद्री केसी, रबिना थापा, महेश श्रेष्ठ र विनय अधिकारी रहेका छन्। करिब ६० देशका ४ हजार भन्दा बढी प्रतिनिधिहरूको भाग लिनेछन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)