लोकेन्द्र अब फर्कने छैनन् दार्चुला

लोकेन्द्र अब फर्कने छैनन् दार्चुला
दार्चुलाको मालिकार्जुन ४ का लोकेन्द्र सिंह धामी र घरमा आएमा आफन्त।
सुन्नुहोस्

दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ मा सन्नाटा छाएको छ। स्थानीय लोकेन्द्र सिंह धामीको इजरायलमा मृत्यु भएपछि गाउँमा सन्नाटा छाएको हो। धामी गाउँका एक होनहार विद्यार्थी थिए।

लेकम गाउँपालिकाको लटिनाथ माविबाट आईएस्सी एजी सकेर कैलालीको टीकापुरमा बिएस्सी एजी अध्ययन गरिरहेका उनको शनिबार इजरायलमा प्यालेस्टिनीहरूको आक्रमणमा परी मृत्यु भएको हो।

‘शुक्रबार मात्रै अनलाइन कुराकानी भएको थियो। घरपरिवारका बारेका सोध्नुभयो। बालबच्चाका बारेमा पनि कुराकानी भयो। सबै ठीकठाक थियो तर शनिबार यस्तो खबर आयो’, धामीकी श्रीमतीले भनिन्। लोकेन्द्रको घरमा हजुरआमा, बुवाआमा, श्रीमती र दुई छोराछोरी छन्। ५ वर्षको छोरी र डेढ वर्षको छोराले अब बुवा भेट्न पाउने छैनन्। धामीका दाजु नेपाली सेनामा छन्। उनी पनि शान्ति सेनामा इजरायल नजिकैको देशमा गएका छन्। 

पढ्दै कमाउन भनी गएको छोराको मृत्युको खबरले दुखित भएका बुवाआमा नेपाली सेनामा रहेर शान्ति सेना गएको जेठो छोराको चिन्तामा पनि डुबेका छन्। ‘दाइ–भाउजू होस्–बेहोस् हुँदैछन्, कलिलै उमेरमा श्रीमान् गुमाएकी बुहारीको अवस्था झन् दयनीय छ’, मृतकका काका श्यामसिंह धामीले भने, ‘परिवारको सहारा नै गुमेपछि सबै जना थला परेझैं भएका छन्।’

लोकेन्द्रसहितका नेपाली विद्यार्थीको खबर आइतबार साँझदेखि एकाएक सामाजिक सञ्जालमा आउन थालेपछि परिवारमा चिन्ता छाएको हो। शनिबारदेखि लोकेन्द्र अनलाइन नै नआएपछि परिवारमा चिसो पसिसकेको थियो। ‘आइतबार मृत्युको खबर नै आयो’, काका श्यामसिंहले भने।

सोमबार उनको घरमा प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षाअधिकारीहरू पुगेर सान्त्वना दिएका छन्। प्रशासनिक अधिकारीहरूले शव छिट्टै घर ल्याइने आश्वासन दिएर गएका श्यामसिंहले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.