जन आएइ काल !

जन आएइ काल !
सुन्नुहोस्

घरबाट ५ मिनेटको दूरीमा रहेको टिमुरको बोटमा टिमुर टिप्दाटिप्दै भूकम्प आएर माथिबाट खसेको चट्टानसँगै टुक्राटुक्रा भएर २०० मिटर तल पुगिन्।

 बझाङ : ‘जन आएइ काल यति रुप्स्या हौसियाखी जन आएइ काल’ अर्थात् यति राम्री रुपकी सुन्दरी खुब रहर बोकेकी मान्छे लिन काल नआउनु, यो गीत बझाङमा असोज १६ गते दिउँसो आएको भूकम्पबाट उत्पन्न पहिरोमा परी ज्यान गुमाएकी गुनमती धामीले आफ्नी नन्द भाउजूसँग सामूहिक रूपमा गाएको गीत हो। 

एउटा भाइरल भिडियो क्लिपमा गुनमतीसहित सिन्कीदेवी बोहरा (नन्द) र रतनादेवी बोहरा (भाउजू) ले एक खेतको कान्लामा भटमास केलाउँदै बसेर ठाडी भाका लयमा यो गीत गाएको देख्दा प्रायः सबै झसंग हुन्छन््। लाउँखाउँ भन्ने उमेरमा कसलार्ई मर्न मन हुन्छ र ? तर, गुनमतीले काललार्ई नआउनु भन्दैमा काल के रोकिन्थ्यो र ? 

नसोचेकै भयो जयपृथ्वी नगरपालिका–११ मयाना (ओखल) टोलकी ५१ वर्षीया गुनिदेवी धामी(गुनमती) लार्ई। असोज १६ गते दिउँसो १ बजे घरबाट टिमुर टिप्छु भनी हिँडेकी गुनमती सदाका लागि अस्ताइन्। 

घरबाट ५ मिनेट पर रहेको टिमुरको बोटबाट टिमुर टिपेर ल्याउन गएकी उनी टिमुर टिप्दाटिप्दै भूकम्प आउँदा माथिबाट खसेको चट्टानसँगै टुक्राटुक्रा भएर २०० मिटर तल पुगिन्। टिमुर टिप्दै गर्दा गुनमतीको फोन आफ्नो सामुन्ने पारि रहेकी छोरीसँग भइरहेको थियो। भूकम्प आएर पहिरो फुटेको दृश्य गुनमतीकी माहीली छोरी पात्याले प्रत्यक्ष नियाली रहेकी थिइन्। पहिरो आउनासाथ आमा छोरीको फोन सम्पर्क टुट्यो। पात्याले पुनः फोन लगाउने प्रयास गरिन् तर फोन लागेन। 

फोन नलाग्दा पात्याको मन चिसो पस्यो। उनले आत्तिँदै अन्य माइतीलार्ई फोन गरिन्। त्यसपछि मात्रै गुनमतीको खोजी सुरु भयो। एकातिर लगातार भूकम्प आइरहनु र अर्कोतिर आफन्त हराउनुले मयानाबासीलार्ई निकै अत्याएको थियो। भूकम्प आउने क्रम नरोकिएकाले गुनमती पहिरोमा पुरिइन् वा सुरक्षित छन् भन्ने भेउ पाउन निकै कठिन भयो। त्यसदिन जसोतसो रात कटाएका मयानाबासीले असोज १७ गते अर्थात् भूकम्प गएको पछिल्लो दिन बिहानैबाट प्रहरीसँग मिलेर गुनमतीको खोजी सुरु गरे। उनको शव घटनाको दोस्रो दिन टिमुर टिपिरहेको स्थानबाट २०० मिटर तल यस्तो अवस्थामा भेटियो कि खुट्टा एकातिर, शरीर एकातिर र टाउको अर्कोतिर भेटियो। 

स्वर्गीय गुनमती धामी विगत २९ वर्षदेखि स्वास्थ्य स्वयंसेविका हुन् भने उनी देउडा गाउन र खेल्नमा उत्तिकै पोख्त महिला हुन्। साथै उनी मयानाकी महिला नेतृ, नीलकट्टी माध्यमिक विद्यालय पूर्व वि.व्य.स महिला सदस्य, लटिनाथ आविकी दुइचोटीको वि.व्य.स महिला सदस्य हुन्। उनका दुई छोरी र एक छोरा छन्। छोरा श्रीमतीसँगै रोजगारीका लागि भारतमा छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.