बझाङमा आज पनि ५.३ रेक्टर स्केलको भूकम्प

बझाङमा आज पनि ५.३ रेक्टर स्केलको भूकम्प
सुन्नुहोस्

बझाङ : बझाङ केन्द्रविन्दु भएर आज पनि भूकम्प गएको छ। बझाङको भातेखोला केन्द्रबिन्दु भएर शनिबार बिहान ११: ४५ मा भूकम्प गएको हो।

 ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

बझाङको चैनपुर केन्द्रविन्दु भएर हिजो राती २ पटक भूकम्पको धक्का महसुस गरिएको थियो।  

मंगलबार अपराह्न २ बजेर ४३ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पबाट बझाङमा एक जनाको मृत्यु भएको छ। 

भूकम्प मापन केन्द्रका अनुसार मंगलबार १२ पटकसम्म भूकम्पको धक्का महसुस भएको थियो। केन्द्रका अनुसार मंगलबार राति १२ : १६ बजेमा ४.१ रेक्टर स्केलको,  १२ : ५० मा ४.३ रेक्टर स्केलको, बिहान ४:२७ बजे ४.३ रेक्टर स्केलको र ५ :४३ मा बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो।

यसैगरी मंगलबार दिउँसो पनि बझाङ केन्द्रविन्दु बनाएर ५.३, ६.३,५.१,४.१, ४.१, ४.३,५,५ रेक्टर स्केलका ८ पटक गएको केन्द्रले जनाएको छ।  

मंगलबार अपराह्न गएको भूकम्पपछि उक्त क्षेत्रमा बारम्बार पराकम्पहरु पनि गइरहेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.