परासीमा ४२ करोडमा सडक विस्तार हुँदै

परासीमा ४२ करोडमा सडक विस्तार हुँदै

परासी : नवलपरासीको रामग्राम नगरपालिकामा करिब ४२ करोडको लागतमा सडक विस्तार हुने भएको छ। पोखरापाली–पंडितपुर सडक खण्ड अन्तरगतको वडा नम्बर ६ पोखरापालीदेखि वडा नम्बर १५ को घिनहवा चोकसम्मको साढे ५ किलोमिटर सडक विस्तार हुन लागेको मेयर धनपत यादवले बताए। विश्व बैंकको सहयोगका सडक विस्तार हुन लागेको हो। 

६४ करोडमा ठेक्का आह्वान गरिए पनि निर्माण कम्पनीले ४१ करोड ८६ लाखमा ठेक्का सकारेको हो। २०७४ सालमा छनौटमा परेको उक्त सडक योजनाको काम अघि बढाउन २०७८ सालमा आएर रामग्राम नगरपालिका र नेपाल सरकारबीच सहमति भएको थियो। 

गौतमबुद्धको पुरातात्विक क्षेत्र रहेको पंडितपुर जोड्नका लागि उक्त सडक विस्तार गर्न लागिएको हो। लागतअनुसार पंडितपुरसम्म सडक विस्तार हुने छैन। पंडितपुर पुग्नका लागि बाँकी रहने ३ किलोमिटर सडक विस्तार नगरपालिकाको पहलमा क्रमशः गरिँदै लगिने मेयर यादवले बताए। 

सडक विस्तारका लागि रामग्राम नगरपालिका र निर्माण कम्पनीबीच सम्झौता भएको छ। चाडपर्व सुरु भएकाले दसैं लगत्तै सडक विस्तारको काम सुरु हुने निर्माण कम्पनीले जनाएको छ। १८ महिनाभित्र निर्माण कार्य सम्पन्न हुने सम्झौता छ। 

नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत निर्माण हुन लागेको उक्त सडक दुई लेनको हुने छ। सडकको कुल चौडाइ ४१ फिट रहेको छ। जसमा साढे २४ फिट कालोपत्रे सडक हुने छ। 

बाँकी स्थानमा नाला, फुटपात, गार्डेन, स्ट्रेट लाइट लगायतका संरचनाहरू निर्माण हुने नगरपालिकाले जनाएको छ। नगरको महत्वपूर्ण र ठूलो आयोजनाका रूपमा रहेको सडक निर्माणपछि पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने नगरपालिकाले विश्वास लिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.