बझाङका भूकम्प पीडितलाई प्रधानमन्त्रीको आश्वासन : घर बनाइदिन्छौं

बझाङका भूकम्प पीडितलाई प्रधानमन्त्रीको आश्वासन : घर बनाइदिन्छौं
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

बझाङ : भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न बझाङ आएका प्रधानमन्त्री  पुष्पकमल दाहाल  'प्रचण्ड'ले पीडितलाई घर बनाइदिने आश्वासन दिएका छन् । शुक्रबार बझाङ सदरमुकाम चैनपुर नजिकै भोपुर ब्यारेकमा नेपाली सेनाको हेलिकोप्टरमार्फत अवतरण गरेका प्रधानमन्त्री दाहालले पीडितलाई भेटेर आवासीय व्यवस्थापन गरिदिने आश्वासन दिएका हुन् । 

प्रधानमन्त्री दाहालले भोपुरमा रहेको जयपृथ्वी बहुमुखी क्याम्पस र सदरमुकाम चैनपुरको शान्ति टोलमा रहेका भूकम्प प्रभावितलाई भेटेर आवासको व्यवस्थापन गर्ने बताएका हुन् । भूकम्प प्रभावित बलबहादुर सुनारले  प्रधानमन्त्री दाहालले घर बनाइदिने आश्वासन दिएको बताए।

बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति पुर्‍याएको छ । भूकम्पमा परी २० जना घाइते र एकजनाको मृत्यु भएको छ । घाइतेहरूमध्ये १३ जना उपचार गरेर घर फर्किसकेका छन् भने ५ जनालाई अन्यत्र रिफर गरिएको छ । जिल्ला अस्पतालमा दुईजना उपचाररत छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.